Kathmandu Press

नेपाललाई आज पनि १५५ रनको लक्ष्य

काठमाडौं, फागुन १८ : एसीसी टी–२० इस्टर्न रिजन प्रतियोगिताअन्तर्गत हङकङले नेपाललाई एक सय ५५ रनको लक्ष्य दिएको छ।

आइतबार बिहान थाइल्यान्....

नेपाललाई आज पनि १५५ रनको लक्ष्य

काठमाडौं, फागुन १८ : एसीसी टी–२० इस्टर्न रिजन प्रतियोगिताअन्तर्गत हङकङले नेपाललाई एक सय ५५ रनको लक्ष्य दिएको छ।

आइतबार बिहान थाइल्यान्डको टेर्डथाइ क्रिकेट ग्राउन्डमा पहिले ब्याटिङ गरेको हङकङले ६ विकेटको क्षतिमा एक सय ५४ रन बनाएको हो। हङकङका लागि एनके मोहम्मदले ४८, मोहम्मद अजिज खानले २९, हारुन मोहम्मद अरुसुनले २७ र शाहिद वासिफले २६ रन बनाए।

नेपालका लागि सन्दीप लामिछाने र सुशन भारीले दुई–दुई तथा कुशल मल्लले एक विकेट लिए।

केहीवेरमा नेपाल एक सय ५५ रनको लक्ष्य पछ्याउन मैदानमा आउनेछ।

शनिबार भएकाे खेलमा पनि मलेसियाले नेपाललाई एक सय ५५ रनकाे लक्ष्य दिएकाे थियाे। नेपाल २२ रनले परािजत भएकाे थियाे।

प्रकाशित मिति: ०९:५९ बजे, आइतबार, फागुन १८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्