Kathmandu Press

भारतविरुद्ध श्रीलंका ५५ रनमै अलआउट, लागतार सातौं जितपछि भारत सेमिफाइनलमा

बिहीबार वानखटे स्टेडियममा भएको खेलमा श्रीलंकामाथि ३०२ रनको सानदार जित निकाल्दै भारत सेमिफाइनलमा पुग्ने पहिलो टिम बन्यो।
भारतविरुद्ध श्रीलंका ५५ रनमै अलआउट, लागतार सातौं जितपछि भारत सेमिफाइनलमा

काठमाडाैं, कात्तिक १६ : भारत घरेलु मैदानमा जारी एकदिवसीय विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार वानखटे स्टेडियममा भएको खेलमा श्रीलंकामाथि ३०२ रनको सानदार जित निकाल्दै भारत सेमिफाइनलमा पुग्ने पहिलो टिम बन्यो।

जारी प्रतियोगितामा भारतको यो लगातार सातौं जित हो। यता, श्रीलंका भने प्रतियोगिताबाट लगभग बाहिरिएको छ। ७ मा २ खेल मात्र जितेको श्रीलंकाको ४ अंक छ।

Hardik ivf

पहिला ब्याटिङ गर्दै भारतले दिएको ३५९ रनको लक्ष्य पछ्याएको श्रीलंका १९.४ ओभरमा ५५ रनमै अलआउट भयो। उसका लागि तीन ब्याट्सम्यानले मात्र दोहोरो अंकमा स्कोर बनाए। कसुन रजिथाले १४ र एन्जेलो म्याजुथ र महिश थिक्सानाले समान १२ रन बनाए।

श्रीलंकाको इनिङ ध्वस्त बनाउने क्रममा मोहम्मद सामीले पुनः एकपटक घातक बलिङ गरे। उनले ५ ओभरमा १८ रन खर्चेर ५ विकेट लिए। हार्दिक पाण्ड्या घाइते भएपछि टिममा मौका पाएका सामीले पछिल्लो तीन खेलमा १४ विकेट लिएका छन्। यस्तै, मोहम्मद सिराजले ३ विकेट लिए।

त्यसअघि सुभमन गिल, विराट कोहली र श्रेयस ऐयरको अर्धशतक मद्दतमा भारतले ८ विकेटको क्षतिमा ३५७ रन बनायो। उसका लागि गिलले सर्वाधिक ९२ रन बनाए। उनले ९२ बलमा ११ चौका र २ छक्का प्रहार गरे।

यस्तै, कोहलीले ९४ बलमा ११ चौका प्रहार गर्दै ८२ रन बनाए भने ऐयरले ५६ बलमा ३ चौका र ६ छक्का प्रहार गर्दैै ८२ रन बनाए। रविन्द्र जडेजवाले ३५ र केएल राहुलले २१ रन बनाए।

श्रीलंकाका लागि दिल्सान मधुसनकाले १० ओभरमा ८० रन खर्चेर ५ विकेट लिए।

प्रकाशित मिति: २१:१० बजे, बिहीबार, कात्तिक १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्