Kathmandu Press

खाडीमा कोरोनाको संक्रमण, नेपालीलाई सावधानी अपनाउन आग्रह

काठमाडौं, फागुन १८ : खाडी मुलुक कतारमा कोरोना भाइरसको संक्रमण देखिएको छ । कतारमा एकजना कोरोना भाइरसबाट संक्रमित भएको कतारको स्वास्थ्य मन्त्रालयले जनाए....

खाडीमा कोरोनाको संक्रमण, नेपालीलाई सावधानी अपनाउन आग्रह

काठमाडौं, फागुन १८ : खाडी मुलुक कतारमा कोरोना भाइरसको संक्रमण देखिएको छ । कतारमा एकजना कोरोना भाइरसबाट संक्रमित भएको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

बिहीबार इरानबाट उद्धार गरि ल्याईएका यात्रु मध्ये एक ३६ वर्षिया कतारी नागरिकमा कोरोना भाइरसको संक्रमण देखिएको कतारको स्वास्थ्य मन्त्रलायले जनाएको छ। कतार लगायत खाडी मुलुकमा ठूलो संख्यामा नेपालीहरु रहेका छन्। चीनको वुहान शहरबाट फैलिएको कोरोनाको चपेटामा हाल खाडी मुलुकहरु पनि आएका छन्। खाडीमा सबैभन्दा धेरै इरान प्रभावित भएको छ। जहाँ शनिबार २१० जनाको मृत्यु भएको खबर छ।

त्यस्तै नेपाली कार्यरत रहेका कुवेत, बहराइन र ओमनमा यसका संक्रमित बिरामी भेट्एिका छन्। खाडी मुलुक तथा, दक्षिण कोरियामा कोरोनाले महामारीको रुप लिन थालेपछि त्यहाँ रहेका नेपालीहरुसमेत त्रासमा छन्।

यद्यपी हालसम्म कुनै पनि नेपाली संक्रमित नभएको बताइएको छ। कतारमा कोरोना संक्रमित फेला परेपछि दोहास्थित नेपाली दूतावास र नेपाली राजदुताबास बहराइन लगायतले त्यहाँ रहेका नेपालीलाई सचेत रहन अनुरोध गरेको छ। दूतावास विज्ञप्ति जारी गर्दै नेपालीहरुलाई सचेत रहन र सम्पर्कमा रहन भनेको हो।

 

प्रकाशित मिति: ०८:५१ बजे, आइतबार, फागुन १८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्