Kathmandu Press

लिभरपुलको अपराजित यात्रामा पूर्णविराम

काठमाडौं, फागुन १८ : प्रिमियर लिग फुटबलमा लिभरपुलले सिजनको पहिलो हार बेहोरेको छ । इङ्ग्लिस प्रिमियर लिग लिडर लिभरपुलको ४४ खेलको अपराजित यात्रालाई शनिब....

लिभरपुलको अपराजित यात्रामा पूर्णविराम

काठमाडौं, फागुन १८ : प्रिमियर लिग फुटबलमा लिभरपुलले सिजनको पहिलो हार बेहोरेको छ । इङ्ग्लिस प्रिमियर लिग लिडर लिभरपुलको ४४ खेलको अपराजित यात्रालाई शनिबार राति वाटफोर्डले पूर्णविराम लगाइदिएको हो ।

सिजनमा लिभरपुल २८ औँ खेलमा पराजित भएको हो । यसअघिका २७ खेलमध्ये लिभरपुल २६ खेलमा विजयी र एक खेलमा बरारीमा रोकिएको थियो । शनिबार राति भएको खेलमा वाटफोर्डले लिभरपुललाई तीन–शून्यले हराएको हो । वार्टफोर्डको जितमा इस्माइला सारले दुई तथा कप्तान ट्रोय डेनीले एक गोल गरेपछि लिभरपुलको सिजनको अपराजित यात्रामा पूर्णविराम लागेको हो ।

सारले खेलको ५४ औँ मिनेटमा गोल गर्दै वाटफोर्डलाई अग्रता दिलाए । त्यस्तै खेलको ६० औँ सारले दोस्रो गोल गरे । ७२ औँ मिनेटमा डेनीले गोल गर्दै वाटफोर्डको जित तय गरे । अब लिभरपुलले उपाधिका लागि अझै कुर्नुपर्ने भएको छ ।

हारे पनि शीर्ष स्थानमा रहेको लिभरपुलले दोस्रो स्थानको म्यान्चेस्टर सिटीभन्दा २२ अङ्कले अघि छ । लिभरपुलले २८ खेलबाट ७९ अङ्क बटुलेको छ । विजयी भएको वार्टफोर्डको समान खेलबाट २७ अङ्क पुगेको छ ।  

प्रकाशित मिति: ०८:२१ बजे, आइतबार, फागुन १८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्