तस्बिरमा नेपाल भर्सेस ओमानको खेल
अन्तिम ओभरमा जितका लागि २६ रन चाहिएको अवस्थामा विवेक यादवले सुरुआती ३ बलमा लगातार छक्का प्रहार गरेपछि खेल रोमाञ्चक बनेको थियो।
काठमाडौं, कात्तिक १६ : घरेलु मैदानमा जारी टि–२० विश्वकप छनोटको समूहको अन्तिम नेपालले कीर्तिपुरस्थित टियू मैदानमा ओमानसँग खेल्यो।
रोमाञ्चक बनेको खेलको खेलमा नेपाल ५ रनले पराजित भएपछि समूहको उपविजेता बन्यो। अन्तिम ओभरमा जितका लागि २६ रन चाहिएको अवस्थामा विवेक यादवले सुरुआती ३ बलमा लगातार छक्का प्रहार गरेपछि खेल रोमाञ्चक बनेको थियो।
(11)-1698912507.jpg?timestamp=1698912506602)
नेपालका लागि विवेक सर्वाधिक ३९ रन बनाए। अन्तिम ओभरको चौथो बलमा क्याच आउट भएपछि उनले नेपाललाई जित दिलाउन भने सकेनन्।
यो हारपछि नेपाल समूहको उपविजेता भन्दै सेमिफाइनलमा पुगेको छ भने ओमान समूह विजेता बनेको छ। नेपालले सेमिफाइनलमा युएईको समाना गर्ने छ भने ओमानले सम्भवतः बहराइनको सामाना गर्नेछ।

















प्रकाशित मिति: १३:५४ बजे, बिहीबार, कात्तिक १६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-1765629162.jpg)