Kathmandu Press

आईसीसी टी–२० विश्वकप एसिया छनोट : नेपाल र ओमान प्रतिस्पर्धा गर्दै 

शुक्रबार हुने निर्णायक सेमिफाइनलमा नेपालले जीत हासिल गरेको खण्डमा नेपालले अमेरिका र वेस्ट इन्डिजमा अर्को वर्ष हुने विश्वकपको टिकट काट्नेछ ।
आईसीसी टी–२० विश्वकप एसिया छनोट : नेपाल र ओमान प्रतिस्पर्धा गर्दै 

काठमाडौं, कात्तिक १६ : टी–२० विश्वकप एसिया छनोट खेलमा आज नेपाल र ओमानले सेमिफाइनलको लागि प्रतिस्पर्धा गर्दैछन् । स्थान बनाउँदै नेपाल इतिहासमा दोस्रोपटक टी–२० विश्वकप खेल्ने सम्भावनाको नजिक पुगेको छ ।

शुक्रबार हुने निर्णायक सेमिफाइनलमा नेपालले जीत हासिल गरेको खण्डमा नेपालले अमेरिका र वेस्ट इन्डिजमा अर्को वर्ष हुने विश्वकपको टिकट काट्नेछ । आज भएको समूह चरणको दोस्रो म्याचमा नेपालले मलेसियामाथि ६ विकेटको सहज जीत हासिल गर्‍यो ।

लगातार दोस्रो जीतपछि नेपालले भोलि ओमानसँग अन्तिम खेल खेल्नुअघि नै सेमिफाइनमा स्थान बनाएको हो । नेपालले सेमिफाइनल कोसित खेल्छ भन्ने टुंगो भोलि लाग्नेछ ।

Hardik ivf

नेपालसँगै ओमान पनि सेमिफाइनलमा प्रवेश गरिसकेको छ । भोलिको खेलले नेपाल र ओमानमा को पहिलो हुने भन्ने निश्चित गर्ने छ । यदि नेपालले ओमानलाई हराउँदै सेमिफाइनलमा पहिलो भयो भने अर्को समूहबाट दोस्रो भएर आउने टीमसँग खेल्नेछ । नेपाल पराजित भएर दोस्रो भयो भने समूह ‘बी’ को पहिलो टीमसँग खेल्नुपर्छ ।

समूह ‘बी’ मा यूएई, हङकङ, बहराइन र कुवेत छन् । लगातार दुई जीत हासिल गरेको यूएईले सेमिफाइनलमा स्थान बनाउने लगभग पक्का छ । सेमिफाइनलको दावेदार मानिएको हङकङ बहराइनसँग पराजित भयो भने बहराइन यूएईसँग पराजित भयो । यसले समूहबीचको समीकरण रोचक बनेको छ । अब भोलि यूएई र हङकङ अनि बहराइन र कुवेतबीच खेल हुनेछ ।

यूएईले हङकङलाई र बहराइनले कुवेतलाई हराएको खण्डमा बहराइन सेमिफाइनलमा जानेछ । हङकङले यूएईलाई र बहराइनले कुवेतलाई हराएमा रनरेटको आधारमा निर्णय हुन्छ ।

यस्तै हङकङले यूएईलाई र कुवेतले बहराइनलाई हराएको खण्डमा हङकङ सेमिफाइनलमा जान्छ । कुवेतको भने सम्भावना अन्त्य भइसकेको छ ।

नेपालले यूएईसँग अत्यधिक म्याच खेल्दै आएको छ । पछिल्लो केही वर्षमा नेपाल युएईमाथि हावी भइरहेको थियो । यद्यपि, हालै काठमाडौंमा भएको त्रिकोणात्मक सिरिजको फाइनलमा नेपाललाई हराएकाले यूएईको मनोबल बढेको छ ।

बहराइनसँग नेपालले कम खेल खेले पनि तुलनात्मक रुपमा नेपाल बलियो हो । यद्यपि, विश्वकपको लागि निर्णायक म्याच भएको खेलाडीहरु दबाबमा हुनेछन् । खासमा यो प्रतियोगिताको फाइनलभन्दा सेमिफाइनल महत्वपूर्ण छ ।

नेपालका लागि समूह विजेता हुनु महत्वपूर्ण किन छ भने समूह एको बिजेता र समूह बीको उपविजेताबीचको म्याच त्रिवि मैदानमा हुनेछ । त्रिवि मैदानमा नेपालको ब्याटिङ निकै चल्ने गर्छ । यहाँ नेपाललाई हराउन कुनै पनि टिमका लागि सहज हुँदैन । 

प्रकाशित मिति: ०७:५६ बजे, बिहीबार, कात्तिक १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्