एजेन्सी । विश्वमा खतरनाक माइक्रो पोल्युसन उच्च भएका दुई सय शहरमध्ये झण्डै ९० प्रतिशत चीन र भारतमा छन्। त्यसपछि पाकिस्तान र इन्डोनेसियाक...."/>एजेन्सी । विश्वमा खतरनाक माइक्रो पोल्युसन उच्च भएका दुई सय शहरमध्ये झण्डै ९० प्रतिशत चीन र भारतमा छन्। त्यसपछि पाकिस्तान र इन्डोनेसियाक....">एजेन्सी । विश्वमा खतरनाक माइक्रो पोल्युसन उच्च भएका दुई सय शहरमध्ये झण्डै ९० प्रतिशत चीन र भारतमा छन्। त्यसपछि पाकिस्तान र इन्डोनेसियाक...." />
Kathmandu Press

माइक्रो पोल्युसनले ध्वस्त हुँदैछन् चीन र दक्षिण एसिया

एजेन्सी । विश्वमा खतरनाक माइक्रो पोल्युसन उच्च भएका दुई सय शहरमध्ये झण्डै ९० प्रतिशत चीन र भारतमा छन्। त्यसपछि पाकिस्तान र इन्डोनेसियाक....

माइक्रो पोल्युसनले ध्वस्त हुँदैछन् चीन र दक्षिण एसिया
फाइल

एजेन्सी । विश्वमा खतरनाक माइक्रो पोल्युसन उच्च भएका दुई सय शहरमध्ये झण्डै ९० प्रतिशत चीन र भारतमा छन्। त्यसपछि पाकिस्तान र इन्डोनेसियाका शहर सबैभन्दा धेरै प्रदूषित छन्।
जनसंख्याको आधारमा बंगलादेश सबैभन्दा धेरै पिएम२.५ प्रदूषण भएको देश हो। आइक्युएयर ग्रुप र ग्रिनपिसले संयुक्त रूपमा जारी गरेको वर्ल्ड एयर क्वालिटी रिपोर्ट अनुसार बंगलादेशपछि पाकिसतान, मंगोलिया, अफ्गानिस्तान र भारत सबैभन्दा धेरै प्रदूषित देश हुन्।
 

चीन ११औं स्थानमा
साढे दुई माइक्रोनभन्दा साना कणहरू सबैभन्दा खतरनाक प्रदुषण हो। यो कपालको तीस भागको एक भाग बराबर हो। यस्ता कणहरू श्वासप्रश्वास प्रणालीमार्फत् रगतमा प्रवेश गर्छन्। यसले दम, फोक्सोको क्यान्सर र मुटुरोगजस्ता रोग लाग्नसक्छ।

Hardik ivf

सन् २०१९ मा एक करोडभन्दा धेरै जनसंख्या भएको विश्वको मेगासिटीमध्ये भारतको राजधानी नयाँ दिल्लीमा पिएम २.५ को मात्रा सबैभन्दा धेरै थियो। त्यसपछि पाकिस्तानको लाहोर, बंगलादेशको ढाका, भारतकै कोलकाता, चीनको लिन्यी र तियानजिन र इन्डोनेसियाको जकार्ता सबैभन्दा धेरै प्रदूषित शहर थिए। वरियतामा त्यसपछि अहिले चर्चामा रहेको कोरोनाभाइरसको केन्द्र वुहान, चेङदु र बेइजिङ परेको थियो। आइक्युएयर प्रतिवेदन विश्वका झण्डै पाँच हजार शहरको तथ्याङ्को आधारमा तयार गरिएको हो।

विश्व स्वास्थ्य संगठनले वायु प्रदुषणका कारण अल्पायुमै हुने अधिकांश मृत्युमा पिएम२.५ नै मुख्य कारण बताएको छ। बालुवाको आँधी, कृषि, उद्योग, डढेलो र विशेष गरि फोसिल फ्युल जलाउँदा पिएम२.५ उत्पादन हुन्छ।

“वायु प्रदुषण नै विश्वको मुख्य वातावरणीय स्वास्थ्य खतरा हो,” आइक्युएयरका प्रमुख कार्यकारी अधिकृत फ्र्याङ्क ह्याम्सले भने,“विश्व जनसंख्याको नब्बे प्रतिशतले असुरक्षित हावामा सास फेरिरहेको छ।”

सन् २०१८ र २०१९ मा चीनको औसत शहरी पिएम२.५ सघनता २० प्रतिशतले घटेको छ। तैपनि पोहोर साल विश्वका दुई सय प्रदूषित शहरमा चीनका केहि शहर पनि परेका थिए। दुई प्रतिशतबाहेक चीनका सबै शहरमा पिएम२.५ को मात्रा विश्व स्वास्थ्य संगठनको मागपदण्डभन्दा धेरै छ। 

२४ घण्टामा कुनै पनि समय पिएम२.५ को घनत्त्व २५ माइक्रोग्राम प्रति घन मिटर (२५ एमसिजि/प्रति घन मिटर) भन्दा धेरै हुन नहुने संयुक्त राष्ट्र संघले जनाएको छ। चीनले ३५ एमसिजि/प्रति घन मिटरलाई मापदण्ड तोकेको छ। विश्व स्वास्थ्य संगठनले जनाए अनुसार चीनमा प्रत्येक वर्ष दश लाखभन्दा धेरैको ज्यान वायु प्रदूषणको कारण हुदे गर्दछ। पछिल्ला गणनाहरूले यो अंक बढेर दोब्बर भएको देखाउँछ।

प्रकाशित मिति: ०७:२२ बजे, आइतबार, फागुन १८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्