Kathmandu Press

इपिएलका लागि चितवनले ल्यायो दुई विदेशी खेलाडी

चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल)का लागि चितवन टाइगर्सले शनिबार दुई विदेशी खेलाडी अनुबन्धन गरेको छ । चितवनले शनिबार न्युजिल्यान्डका अलराउन्डर जेम्स फुलर र सि....

इपिएलका लागि चितवनले ल्यायो दुई विदेशी खेलाडी

चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल)का लागि चितवन टाइगर्सले शनिबार दुई विदेशी खेलाडी अनुबन्धन गरेको छ । चितवनले शनिबार न्युजिल्यान्डका अलराउन्डर जेम्स फुलर र सिंगापुरका राष्ट्रिय टिमका टिम डेविड अनुबन्धन गरेको हो ।

३० वर्षीय बलिङ अलराउन्डर फुलरसँग इंग्ल्यान्डको काउन्टी क्रिकेट खेलेको अनुभव छ । उनले न्युजिल्यान्डको यू–१९ टिमबाट पनि खेलेका छन् । फुलरले ५३ फस्ट क्लास, ६२ लिस्ट ए र ८९ टि–२० खेल खेलिसकेका छन् । फुलरले अघिल्लो सिजन पनि चितवनबाटै इपिएल खेलेका थिए । 

यसैगरी सिंगापुरको राष्ट्रिय टिमका विस्फोटक ब्याट्सम्यान टिम डेविडलाई चितवनले ल्याएको छ । डेबिडसँग बिग बास लिग खेलेको अनुभव छ । डेविडले लागतार दुई सिजन पर्थ स्कोचर्सबाट बिग बास लिग खेलेका छन् । उनले अस्ट्रेलियाकै यू–२३ टिमबाट पनि खेलेका छन् । 

डेबिडले गतवर्ष जुलाईमा कतारविरुद्ध खेल्दै सिंगापुरको राष्ट्रिय टिममा डेब्यू गरेका थिए । त्यसयता उनले सिंगापुरबाट १२ टि–२० अन्तर्राष्ट्रिय र ४ लिस्ट ए खेल खेलेका छन् ।  

चितवनले यसअघि अफगानिस्तानका विस्फोटक ओपनर मोहम्मद साहजाद र आयरल्यान्डका पाउल स्टर्लिङकलाई अनुबन्धन गरिसकेको छ । 

चैत १ गतेदेखि १५ गतेसम्म कीर्तिपुरस्थित टियु मैदानमा हुने इपिएलको उद्घाटन खेलमा पोखरा राइनोज र ललितपुर प्याट्रिओट्स भिड्ने छन् । 
 

प्रकाशित मिति: १९:२८ बजे, शनिबार, फागुन १७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्