कांग्रेसले गठन गर्याे १३ विभाग, पाँच आमन्त्रित केन्द्रिय सदस्य मनाेनित
काठमाडौं, फागुन २९ : कांग्रेसले १३ वटा केन्द्रिय विभागहरु गठन गरेको छ । सभापति शेरबहादुर देउवाले शनिबार उक्त विभागहरु गठन गरेका हुन्। त्यस्त....

काठमाडौं, फागुन २९ : कांग्रेसले १३ वटा केन्द्रिय विभागहरु गठन गरेको छ । सभापति शेरबहादुर देउवाले शनिबार उक्त विभागहरु गठन गरेका हुन्। त्यस्तै प्रचार विभागका प्रवक्ता विश्वप्रकाश शर्मा, जनसम्पर्क विभागका गोविन्द भट्टराई र संघीय मामिला तथा प्रदेश समन्व्य विभागमा रमेश रिजाल नियुक्त भएका छन्।
विभागका सदस्यहरु निम्न अनुसार छन् ।
१ श्री गोपालमान श्रेष्ठ - संगठन विभाग
२ श्री रमेश रिजाल - संघीय मामिला तथा प्रदेश समन्वय विभाग
३ श्री फरमूल्लाह मन्सुर - मुस्लिम विभाग
४ श्री अर्जुनप्रसाद जोशी- स्थानीय तह समन्वय विभाग
५ श्री आनन्दप्रसाद ढुंगाना - वित्तिय तथा सहकारी संस्था समन्वय विभाग
६ श्री अजयकुमार चौरसिया - तराई–मधेश समन्वय विभाग
७ श्री महेन्द्र यादव - यातायात व्यवसायी समन्वय विभाग
८ श्री शंकर भण्डारी - तरुण विभाग
९ श्री सीता गुरुङ - आदिवासी जनजाति विभाग
१० श्री गोविन्द भट्टराई - नेपाली जनसम्पर्क समिति समन्वय विभाग
११ श्री चिनकाजी श्रेष्ठ - उद्योग व्यापार विभाग
१२ श्री विश्वप्रकाश शर्मा (प्रवक्ता) - सूचना, संचार तथा प्रचार विभाग
१३ श्री शिवप्रसाद हुमागाँइ - श्रमिक तथा ट्रेड युनियन विभाग
त्यसगरी सभापति देउवाले केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्य पदमा कृष्ण किशोर घिमिरे (दाङ), गोपालकुमार बस्नेत (झापा), सुधीरकुमार शिवाकोटी (झापा), मनोहर नारायण श्रेष्ठ (धनकुटा) र धु्रव वाग्ले (तनहुँ) लाई मनोनयन गरेका छन्। 











