मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा
काठमाडाैं, कात्तिक १४ : कुशल मल्लको आक्रामक ब्याटिङ मद्दतमा नेपालले घरेलु मैदानमा जारी टि–२० विश्वकप छनोटमा नेपाल विजयी भएको छ। मंगलबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा कुशलको अर्धशतक मद्दतमा नेपालले मलेसियामाथि ६ विकेटको सहज जित निकाल्यो।
प्रतियोगितमा नेपालको यो लागतार दोस्रो जित हो। यसअघि नेपालले सोमबार सिंगापुरमाथि ८ विकेटको जित निकालेको थियो। मलेसियाविरुद्धको जितसँगै नेपाल समूह एबाट सेमिफाइनलमा पुगेको छ। यो समूहबाट लगातार दोस्रो जित निकालेको ओमान पनि सेमिफाइनलमा पुगेको छ। नेपालसँगको हारसँगै मलेसिया भने प्रतियोगिताबाट बाहिरिएको छ।
अब समूहको विजेता र उपविजेताको टुंगो नेपाल र ओमानबीचको खेलबाट लाग्नेछ।
टियू मैदानमा ओमानले दिएको १६६ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो। नेपालका लागि कुशलले आक्रमक ब्याटिङ गर्दै ३४ बलमा ८ छक्का र २ चौका प्रहार गर्दै सर्वाधिक ६५ रन बनाए।
यस्तै, कशुल भुर्तेलले २५ बलमा समान ४ चौका र छक्का प्रहार गर्दै ४३ रन बनउाँदा आसिफ सेखले ३२ र सन्दीप जोराले १६ बलमा १८ रन बनाए। मलेसियाका लागि मुहम्मद अमिरले ३ तथा पवनदीप सिंहले १ विकेट लिए।
टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरमार ९ विकेटको क्षतिमा १६५ रन बनाउँदै नेपाललाई चुनौतीपूर्ण लक्ष्य दिएको होे।
मलेसियाका लागि ओपनर सैयद अजिलले अर्धशतक बनाएर उनले ४९ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ६८ रन बनाए । यस्तै, जुवाइदी जुल्किफीले १६ बलमा २६ तथा सर्विन मुनियान्डी र विजय उनीले समान १३ रनको योगदान दिए।
बलिङमा नेपालका लागि अविनाश बोहराले ४ ओभरमा २७ रन खर्चेर ४ विकेट लिए भने सन्दीप लामिछाने, गुल्सन झा र रोहितकुमार पौडेलले समान १ विकेट लिए।