Kathmandu Press

मनाङले जित्यो बुढासुब्बा गोल्डकप उपाधि

काठमाडौं, फागुन १७ : २२औं संस्करणको बूढासुब्बा गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितेको छ । शनिबार धनरान रंगशालामा भएक....

मनाङले जित्यो बुढासुब्बा गोल्डकप उपाधि

काठमाडौं, फागुन १७ : २२औं संस्करणको बूढासुब्बा गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितेको छ । शनिबार धनरान रंगशालामा भएको फाइनलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई ३–१ले हराउँदै मनाङले सिजनको पहिलो उपाधिका रुपमा बुढासुब्बा गोल्डकप जितेको हो।

मनाङलाई सिजनको पहिलो उपाधि दिलाउने क्रममा भारतीय खेलाडी दयानन्द सिंह, निशान लिम्बु र विमल रानाले गोल गरे भने पुलिसका भोला सिलवालले एक गोल गरे।

खेलको सुरुवातमै मनाङले अग्रता लियो । १०औं मिनेटमा दयानन्दले गोल गर्दै मनाङलाई अग्रता दिलाए । पहिलो हाफ १–० मै सकियो । दोस्रो हाफ सुरु भएको ५ मिनेट नबित्दै मनाङले अग्रता दोब्बर बनायो । ५०औं मिनेटमा निशानले गोल गरेका थिए।

६५औं मिनेटमा भोला सिलवालको गोलमा पुलिसले खेलमा फर्कने प्रयास ग¥यो । भोलाले पेनाल्टीमा गोल गरेका थिए । इन्जुरी समयमा कप्तान विमल रानाले गोल गरेपछि मनाङ चौथो पटक बुढासुब्बा गोल्डकप च्याम्पियन बन्यो।

उपाधिसँगै मनाङले १० लाख रुपैयाँ प्राप्त ग¥यो भने उपविजेता बनेको पुलिसले ५ लाख रुपैयाँ पायो। 

प्रकाशित मिति: १८:४४ बजे, शनिबार, फागुन १७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्