Kathmandu Press

मलेसियाविरुद्ध कुशल मल्लले बनाए २५ बलमा अर्धशतक

कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा मलेसियाविरुद्ध तेस्रो नम्बरमा ब्याटिङका लागि आएका कुशलले आक्रमक ब्याटिङ गर्दै २५ बलमा ६ छक्का १ चौका प्रहार गर्दै अर्धशतक बनाए।
मलेसियाविरुद्ध कुशल मल्लले बनाए २५ बलमा अर्धशतक

काठमाडाैं, कात्तिक १४ : टि–२० विश्वकप छनोटको दोस्रो खेलमा कुशल मल्लले २५ बलमै अर्धशतक प्रहार गरेका छन्।

कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा मलेसियाविरुद्ध तेस्रो नम्बरमा ब्याटिङका लागि आएका कुशलले आक्रमक ब्याटिङ गर्दै २५ बलमा ६ छक्का १ चौका प्रहार गर्दै अर्धशतक बनाए। टि–२० आईमा सर्वाधिक छिटो शतक बनाएका कुशलको यो तेस्रो अर्धशतक हो।

मलेसियाले दिएको १६६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपाल कुशलको अर्धशतकमा बलियो अवस्थामा छ। १४ ओभरको समाप्तिमा नेपालले १३३ रन बनाउँदा ३ विकेट गुमाएको छ।

नेपाललले लागि कशुल भुर्तेलले २५ बलमा समान ४ चौका र छक्का प्रहार गर्दै ४३ रन बनउाँदा आसिफ सेखले ३२ र कप्तान रोहितकुमार पौडेलले २ रन मात्र बनाए।

प्रकाशित मिति: १६:०५ बजे, मंगलबार, कात्तिक १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्