टि–२० विश्वकप छनोट : मलेसियाले दियो नेपाललाई १६६ रनको चुनौतीपूर्ण लक्ष्य
टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरमार ९ विकेटको क्षतिमा १६५ रन बनाउँदै नेपाललाई चुनौतीपूर्ण लक्ष्य दिएको होे।काठमाडाैं, कात्तिक १४ : कीर्तिपुरस्थित टियू मैदानमा जारी टि–२० विश्वकप छनोटको दोस्रो खेलमा नेपालले जितका लागि १६६ रनको चुनौतीपूर्ण लक्ष्य पाएको छ।
टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरमार ९ विकेटको क्षतिमा १६५ रन बनाउँदै नेपाललाई चुनौतीपूर्ण लक्ष्य दिएको होे।
मलेसियाका लागि ओपनर सैयद अजिलले अर्धशतक बनाएर उनले ४९ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ६८ रन बनाए । यस्तै, जुवाइदी जुल्किफीले १६ बलमा २६ तथा सर्विन मुनियान्डी र विजय उनीले समान १३ रनको योगदान दिए।
बलिङमा नेपालका लागि अविनाश बोहराले ४ ओभरमा २७ रन खर्चेर ४ विकेट लिए भने सन्दीप लामिछाने, गुल्सन झा र रोहितकुमार पौडेलले समान १ विकेट लिए।
प्रकाशित मिति: १४:५८ बजे, मंगलबार, कात्तिक १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जनकपुरमा कप्तान परिवर्तन, अन्य टिमा मार्की खेलाडी नै कप्तानशुक्रबार, मंसिर १४, २०८१
त्रिभुवन विमानस्थलमा शिखर धवनलाई यसरी गरियो स्वागत [फोटो फिचर]शुक्रबार, मंसिर १४, २०८१
एनपीएलको तयारी पूरा : क्यानशुक्रबार, मंसिर १४, २०८१
एनपिएलका लागि तयार भएको त्रिवि मैदान [फोटो फिचर]शुक्रबार, मंसिर १४, २०८१