टि–२० विश्वकप छनोट : मलेसियाले टस जितेर ब्याटिङ रोज्यो, नेपाल बलिङमा
कीर्तिपुरस्थित टियू मैदानमा केहीबेरपछि सुरु हुने खेलमा मलेसियाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिला बलिङ गर्ने भएको हो।काठमाडौं, कात्तिक १४ : घरेलु मैदानमा जारी आईसिसी टी–२० विश्वकप छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले पहिला ब्याछिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित टियू मैदानमा केहीबेरपछि सुरु हुने खेलमा मलेसियाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिला बलिङ गर्ने भएको हो।
पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको नेपाल लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यमा छ। मलेसिया भने पहिलो खेलमा ओमानसँग पराजित भएको थियो।
मुख्य प्रशिक्षक मोन्टी देसाईले सिंगापुरविरुद्ध खेलेको टिमलाई नै निरन्तरता दिएका छन्। मलेसियाले भने हङहङविरुद्ध खेलेको टिममा २ परिवर्तन गरेको छ। उसले खिजर हायत र रिजवान हैदरको स्थानमा फित्री साम र अइनुल हाफिज यातिम टिममा राखेको छ।
प्रकाशित मिति: १३:१० बजे, मंगलबार, कात्तिक १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जनकपुरमा कप्तान परिवर्तन, अन्य टिमा मार्की खेलाडी नै कप्तानशुक्रबार, मंसिर १४, २०८१
त्रिभुवन विमानस्थलमा शिखर धवनलाई यसरी गरियो स्वागत [फोटो फिचर]शुक्रबार, मंसिर १४, २०८१
एनपीएलको तयारी पूरा : क्यानशुक्रबार, मंसिर १४, २०८१
एनपिएलका लागि तयार भएको त्रिवि मैदान [फोटो फिचर]शुक्रबार, मंसिर १४, २०८१