Kathmandu Press

नेपाललाई मलेसियाले दियो १५५ रनकाे चुनौतिपूर्ण लक्ष्य

काठमाडाैं, फागुन १७ : एसिसी इस्टर्न रिजन टि-२० प्रतियोगिताको पहिलो खेलमा नेपाललाई मलेसियाले १५५ रनको चुनौतिपूर्ण लक्ष्य दिएको छ। थाइल्यान्डस्थित ट्रेड....

नेपाललाई मलेसियाले दियो १५५ रनकाे चुनौतिपूर्ण लक्ष्य
फाइल फाेटाे

काठमाडाैं, फागुन १७ : एसिसी इस्टर्न रिजन टि-२० प्रतियोगिताको पहिलो खेलमा नेपाललाई मलेसियाले १५५ रनको चुनौतिपूर्ण लक्ष्य दिएको छ। थाइल्यान्डस्थित ट्रेडथाई रंगशलामा टस जितेर ब्याटिङ रोजेको मलेसियाले ६ विकेटको क्षतिमा १५४ रन बनायो।

मलेसियाको सुरुआत भने राम्रो हुन सकेन। सुरुआतमै सन्दीप लामिछानेले दुई विकेट लिएपछि मलेसिया दबाबमा परेको थियो। तर, मलेसियाका पुछारका ब्याट्सम्यानले उत्कृष्ट ब्याटिङ गर्दै नेपाललाई चुनौतिपूर्ण लक्ष्य दिए।

मलेसियाका लािग सेयद अजिजले अर्धशतकीय इनिङ खेले। उनले ३५ बल खेल्दै चार चौका र दुई छक्काको सहयोगमा नटआउट ५१ रन बनाए। यस्तै, अनवर अरुद्दीनले ३१, अहमद फैजले ३० र अमिनुद्दीय रम्लीले २९ रनको योगदान दिए।

मलेसियाका लागि छैठौं विकेटका लागि अजिज र अमिनुद्दीनले ३५ बलमा ६३ रनकाे उत्कृष्ट साझेदारी गरेका थिए। यस्तै, अजिजले फैजसँग २७ बलमा ३४ रनको साझेदारी गरेका थिए।

नेपालका लागि सन्दीप लामिछानेले चार ओभरमा २२ रन खर्चेर तीन विकेट लिए। यस्तै अविनास बोहराले दुई विकेट लिए भने करण केसीले एक विकेट लिए।

नेपाललाई सन्दीपले आफ्नो पहिलो ओभरमै दुई विकेट लिँदै सफल सुरुआत दिलाएका थिए। तर, नेपाली बलरले अन्त्यसम्म सोही लय समाउन सकेनन्।

सन्दीपले आफ्नो पहिलो ओभरको दोस्रो बलमा मलेसियाका ओपनर वीरन्दीप सिंहलाई पवन सर्राफबाट क्याच आउट गराउँदै आफ्नो टि–२० करिअरको एक सय विकेट पुरा गरेका थिए। सन्दीपले खिजर हायत र मोहम्मद अनवर अरुद्दीनलाई पवनबाटै क्याच आउट गराएका थिए।

 

प्रकाशित मिति: १४:०८ बजे, शनिबार, फागुन १७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्