Kathmandu Press

विश्वकप छनोटको पहिलो खेलमा नेपाललाई १४६ रनको लक्ष्य

पहिला ब्याटिङ गरेको सिंगापुरले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा १४५ रन बनायो।
विश्वकप छनोटको पहिलो खेलमा नेपाललाई १४६ रनको लक्ष्य

काठमाडौं, कात्तिक १३ : आजबाट काठमाडौंमा सुरु भएको टि २० विश्वकप छनोटको पहिलो खेलमा नेपालले १४६ रको मध्यम लक्ष्य पाएको छ। पहिला ब्याटिङ गरेको सिंगापुरले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा १४५ रन बनायो।

टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुरका लागि रोहन रंगराजनले सर्वाधिक ४६ रन बनाए। उनले ३० बलमा ९ चौका र १ छक्का प्रहार गरे।

Hardik ivf

यस्तै, टि २० आईमा डेब्यू गरेका आर्यवीर चौधरीले २५ बलमा ५ चौका प्रहार गर्दै ३७ रन बनाए भने मनप्रित सिंहले २६ बलमा ३ चौका प्रहार गदैृ २४ रन बनाए।

नेपालका लागि अविनाश बोहराले ३ विकेट लिए भने करण केसी, सन्दीप लामिछाने, गुल्सन झा र अविनाश बोहराले समान २ विकेट लिए।

प्रकाशित मिति: १०:४५ बजे, सोमबार, कात्तिक १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्