Kathmandu Press

टि-२० विश्वकप छनोट : सिंगापुरले टस जित्यो, नेपालले पहिला बलिङ गर्ने

टियू मैदानमा केही सिंगापुरले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला बलिङ गर्ने भएको हो।
टि-२० विश्वकप छनोट : सिंगापुरले टस जित्यो, नेपालले पहिला बलिङ गर्ने

काठमाडाैं, कात्तिक १३ : घरेलु मैदानमा आजबाट सुरु भएको टि २० विश्वकप छनोटको पहिलो खेलमा नेपालले पहिला बलिङ गर्ने भएको छ। टियू मैदानमा केही सिंगापुरले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला बलिङ गर्ने भएको हो।

नेपालले सिंगापुरविरुद्ध ४ फास्टबल र १ स्पिनर खेलाएको छ। टिममा फास्ट बलरका रुपमा करण केसी, सोमपाल कामी, गुल्सन झा र अविनाश बोहरा छन् भने स्पिनरका रुपमा सन्दीप लामिछाने मात्र छन्।

नेपाली टिम : कुशल भुर्तेत, आसिफ सेख, कुशल मल्ल, रोहितकुमार पौडेल, सन्दीप जोरा, विवेक यादव, करण केसी, सोमपाल कामी, गुल्सन झा, अविनाश बोहरा, सन्दीप लामिछाने।

प्रकाशित मिति: ०९:०५ बजे, सोमबार, कात्तिक १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्