Kathmandu Press

समय नदिएकोमा नाजिर हुसैनको स्पष्टीकरण

काठमाडौं, फागुन ८ : अभिनेता नाजिर हुसैनलाई आफ्नै फिल्मको प्रचारप्रसारमा समय नदिने गरेको आरोप लागेको थियो । तर, आफ्नो नयाँ फिल्म ‘कागजपत्र&r....

समय नदिएकोमा नाजिर हुसैनको स्पष्टीकरण
रिवाज राई

काठमाडौं, फागुन ८ : अभिनेता नाजिर हुसैनलाई आफ्नै फिल्मको प्रचारप्रसारमा समय नदिने गरेको आरोप लागेको थियो । तर, आफ्नो नयाँ फिल्म ‘कागजपत्र’को ट्रेलर रिलिज कार्यक्रममा उनले बुधबार यो आरोपको स्पष्टीकरण दिए ।

उनले भने, ‘सायद यो आरोप गरुड पुराणको टिमले लगाएको होला । त्यसअघि सबै फिल्मको प्रमोशनमा म गएको छु । तर, गरुड पुराण टिमलाई बारम्बर डबिङ डेट सोध्दा पनि जवाफ दिएनन् । कलाकारसँग सल्लाह नै नगरी फिल्मको रिलिज मिति तोक्यो ।’

उनले थपे, ‘गरुण पुराणको प्रमोशन नहुनुको कारण ममात्रै हो जस्तो लाग्दैन !’

कागजपत्रमा नाजिर अभिनेत्री शिल्पा मास्केसँग ‘अनस्क्रिन’ रोमान्स गर्दैछन् ।

अपिल बिष्टद्वारा निर्देशित फिल्म यही चैत ८ गते रिलिज हुँदैछ । अहिले नेपाली समाजमा जसरी भए पनि विदेश गएर पैसा कमाउने चलन चलेको र त्यसलाई निरुत्साहित गर्ने खालको सन्देश दिने गरी कागजपत्र बनाइएको निर्देशक बिष्टले बताए ।

 

प्रकाशित मिति: १७:२७ बजे, बुधबार, फागुन ८, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्