Kathmandu Press

प्रशिक्षक मोन्टी देसाई भन्छन्- विश्वकप छनोटका लागि नेपाली टिम पूर्ण रुपमा तयार छ

देसाईले विपक्षी टीमहरूलाई कमजोर आँक्न नहुने भन्दै नेपाली टीम राम्रो लयमा रहेको बताए। राम्रो नतिजाका लागि आवश्यक रणानीतिहरु तयार गरिएको उनले बताए।
प्रशिक्षक मोन्टी देसाई भन्छन्- विश्वकप छनोटका लागि नेपाली टिम पूर्ण रुपमा तयार छ

काठमाडौं, कात्तिक १२ : नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक मोन्टी देसाईले भोलिबाट सुरू हुने टी–२० विश्वकप छनोट खेल्न आफ्नो टोली तयार रहेको बताएका छन्।

कीर्तिपुरमा आज पत्रकारसँग प्रशिक्षक देसाईले विपक्षी टीमहरूलाई कमजोर आँक्न नहुने भन्दै नेपाली टीम राम्रो लयमा रहेको बताए। राम्रो नतिजाका लागि आवश्यक रणानीतिहरु तयार गरिएको उनले बताए।

‘हामी केही समयदेखि राम्रो खेलिरहेका छौं । आफ्नो कमजोरीहरूमा सुधार गरेका छौँ । सबै खेलाडीलाई आफ्नो रोल र गेम प्लान थाहा छ । हामी बलिङ र ब्याटिङ दुवैमा विश्वस्त छौं,’ उनले भने, ‘हाम्रो लागि प्रत्येक म्याच महत्वपूर्ण छन् । त्यसैले वान गेम एट अ टाइम भन्ने हाम्रो मन्त्र हुनेछ।’

उनले घरेलु मैदानमा हुन गइरहेको प्रतियोगिता नेपालका लागि ठूलो अवसर भएको बताए। त्रिकोणात्मक सिरिजको फाइनलमा भोगेको हारलाई बिर्सिएर अघि बढ्ने उनले उल्लेख गरे।

भोलिदेखि काठमाडौंमा सुरु हुने टी(२० विश्पकपको एसिया छनोटमा नेपालले सिंगापुरसँग खेल्नेछ।

प्रकाशित मिति: १८:४४ बजे, आइतबार, कात्तिक १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्