बस दुर्घटना हुँदा २५ बढी घाइते
पोखरा, कात्तिक १२ : पोखराको छोरेपाटनबाट स्तुपा हुँदै पुम्दीकोट जाँदै गरेको माइक्रो बस दुर्घटना हुँदा २५ जनाभन्दा बढी घाइते भएका छन्।
पुम्दीकोटतर्फ जाँदै गरेको ग १ ख ८५८५ नं को माइक्रो बस उक्त सडक खण्डको घैयाखेत भन्ने स्थानमा दुर्घटना भएको कास्की प्रहरीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए।
बस दुर्घटना हुनासाथ सुरक्षाकर्मी एवं स्थानीयवासीको सहयोगमा घाइतेको तत्काल उद्दार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइसकिएको उनले जानकारी दिए। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटना भएलगत्तै तत्काल उद्धार हुन सकेका कारण घाइतेलाई चाँडै नै अस्पतालमा पुर्याउन सकिएको स्थानीयवासी युवक लामिछानेले जानकारी दिए। घाइतेको अवस्थाबारे थप जानकारी आउन बाँकी छ।
प्रकाशित मिति: १५:४६ बजे, आइतबार, कात्तिक १२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ: देउवाबुधबार, मंसिर १२, २०८१
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ: प्रवक्ता महतबुधबार, मंसिर १२, २०८१
श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीचको भेटमा के भयो कुराकानी ?बुधबार, मंसिर १२, २०८१
बीआरआई ऋणमा लिनु उचित छैन : ज्ञवालीबुधबार, मंसिर १२, २०८१