Kathmandu Press

विश्वकप क्वालिफायर खेल्न नेपाली टोली पूर्ण रुपमा तयार छ : प्रशिक्षक देसाईं

विश्वकप क्वालिफायर खेल्न नेपाली टोली पूर्ण रुपमा तयार छ : प्रशिक्षक देसाईं

काठमाडौं, कात्तिक १२ : नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक मोन्टी देसाइले भोलिबाट सुरू हुने टी–२० विश्वकपक्वालिफायरका आफ्नो टोलीतयार रहेको बताएका छन्। 

प्रतियोगितापूर्व पत्रकारसँगको अन्तरक्रियामाप्रशिक्षक देसाईले विपक्षी टीमहरूलाई कमजोर आँक्न नहुने, तर नेपाली टीम राम्रो लयमा रहेको तर्क गरे। राम्रो नतिजाका लागि आवश्यक रणानीतिहरु तयार गरिएको उनको भनाइ छ। 

Hardik ivf

‘हामी केही समयदेखि राम्रो खेलिरहेका छौं। आफ्नो कमजोरीहरूमा सुधार गरेका छौं। सबै खेलाडीलाई आफ्नो रोल र गेम प्लान थाहा छ। हामीआफ्नाबलिङ र ब्याटिङ दुवैमा विश्वस्त छौं।’ उनले भने,‘हाम्रो लागिप्रत्येक म्याच महत्वपूर्ण छन्। त्यसैले वान गेम एट अ टाइम भन्ने हाम्रो मन्त्रहुनेछ।’

उनले घरेलु मैदानमा हुन गइरहेको प्रतियोगिता नेपालका लागि ठूलो अवसर भएको बताए। त्रिकोणात्मक सिरिजको फाइनलमा भोगेको हारलाई बिर्सिएर अघि बढ्ने उनको भनाइ छ। त्यस्तै  कप्तान रोहितपौडेलले पछिल्लो समय नेपाली टोलीले राम्रो खेलिरहेको दाबीगर्दै, त्रिकोणात्मक सिरिजको फाइनलमा केहीगल्तीका कारण हार्नुपरेको स्विकार गरे। 

‘हामीले सुरूको १० ओभरमा राम्रो ब्याटिङ गरिरहेका थियौं। तर, पछाडिको १० ओभरमा कोल्याप्स भयो,’ उनले भने। उनले ब्याटिङ अर्डर पनिआवश्यकताका आधारमा परिमार्जन हुने बताए। उनले भने, ‘हामी लचक हुनुपर्छ। ओपनरहरू फिक्स्ड हुन्छ, अरु आवश्यकताअनुसार तलमाथि गर्न सकिन्छ।’ 

कुनै पनि टिमलाई कमजोररूपमा नलिइने र आफ्नो बेस्ट क्रिकेट खेल्ने कप्तानपौडेलको भनाई छ। सन्दीप लामिछानेको कमब्याकले नेपालको बलिङ मजबुतहुने उनीहरुको विश्वास छ।
 

प्रकाशित मिति: १३:०२ बजे, आइतबार, कात्तिक १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्