कोरोना भाइरस : इरानमा २१० जनाको मृत्यु
काठमाडौं, फागुन १७ : चीनको वुहानबाट सुरु भएको नोभेल कोरोना भाइरसको संक्रमणबाट इरानमा २१० जनाको मृत्यु भएको छ ।
ज्यान गुमाउने तथा कोभिड&....

काठमाडौं, फागुन १७ : चीनको वुहानबाट सुरु भएको नोभेल कोरोना भाइरसको संक्रमणबाट इरानमा २१० जनाको मृत्यु भएको छ ।
ज्यान गुमाउने तथा कोभिड–१९ बाट संक्रमित हुने अधिकांश राजधानी तेहरान र इरानको कोरोना इपिसेन्टर भएको सहर कोमका छन् । इरानले भने अहिलेसम्म आधिकारिक रुपमा कोरोना भाइरसका कारण मात्रै ३४ जनाको मात्र मृत्यु भएको बताइरहेको छ ।
इरानको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले मृत्यु हुनेको संख्याका विषयमा भ्रम फैलाइएको आरोप लगाएका छन् । यसअघि इरानका सांसदले पनि सरकारले कोरोनाबाट मृत्यु हुनेको संख्या लुकाएको र गलत सूचना बाहिर ल्याएको बताएका थिए ।
प्रकाशित मिति: ०८:४७ बजे, शनिबार, फागुन १७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार












