Kathmandu Press

नायक अनमोल केसीविरुद्ध ठगीको उजुरी 

काठमाडौं, फागुन १७ : नायक अनमोल केसीविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा ठगीको उजुरी परेको छ ।

‘धुपौरे’ फिल्म खेल्ने सहमति ग....

नायक अनमोल केसीविरुद्ध ठगीको उजुरी 
Hardik ivf

काठमाडौं, फागुन १७ : नायक अनमोल केसीविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा ठगीको उजुरी परेको छ ।

‘धुपौरे’ फिल्म खेल्ने सहमति गरेर रु पाँच लाख रुपैयाँ एडभान्स लिएका केसीले फिल्म नखेलेर ठगी गरेको भन्दै उजुरी परेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार निर्माताद्वय रुपेश खड्की र जयन श्रेष्ठले अभिनेता केसीविरुद्ध जाहेरी दिएका हुन् ।

निर्माताद्वय श्रेष्ठ र केसीले गत असोज तीन गते अभिनेता केसीसँग ‘धुपौरे’ फिल्मका लागि रु ४० लाखमा सम्झौता गरेका थिए । केसीले तीन महिनासम्म जिम तथा एक्टिङ क्लासका लागि भन्दै आफूहरुको थप २ लाख ५० हजारसमेत सकाएको पनि उल्लेख गरिएको छ ।अनमोल केसी सुपरस्टार भूवन केसीका छोरा हुन् । 

प्रकाशित मिति: ०८:०४ बजे, शनिबार, फागुन १७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्