Kathmandu Press

टी-२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा, सन्दीपले पनि खेल्ने 

टी–२० आई त्रिकोणात्मक शृङ्खला खेलेको टिममा रहेका लोकेश बम, सूर्य तामाङ, श्याम (मौसम) ढकाल र सागर ढकाल टिममा अटाएनन्। तर, सन्दीप लामिछाने टी–२० विश्वकप छनोटका लागि टोलीमा समेटिएका छन्।
टी-२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा, सन्दीपले पनि खेल्ने 

काठमाडौं, कात्तिक ११ : टी–२० विश्वकप छनोटका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ। क्याप्टेन रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको हो।

टी–२० आई त्रिकोणात्मक शृङ्खला खेलेको टिममा रहेका लोकेश बम, सूर्य तामाङ, श्याम (मौसम) ढकाल र सागर ढकाल टिममा अटाएनन्। तर, सन्दीप लामिछाने टी–२० विश्वकप छनोटका लागि टोलीमा समेटिएका छन्।

एसिया क्षेत्रको छनोट खेल यही कार्तिक १३ गतेबाट काठमाडौंको कीर्तिपुर र मूलपानीमा रहेको दुईओटा क्रिकेट मैदानमा हुनेछ।

८ टिम सहभागी हुने खेलमा शीर्ष दुई टिम अर्को वर्ष हुने टी–२० विश्वकपमा छनोट हुनेछ।नेपालले पहिलो खेल सिंगापुरसँग सोमबार खेल्नेछ।
Photo-1698467762.jpg

प्रकाशित मिति: १०:२५ बजे, शनिबार, कात्तिक ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्