Kathmandu Press

अख्तियार छल्न बाँस्कोटाको गाली–बेइज्जती मुद्दा !

काठमाडौं, फागुन १६ : घुस मागेको अडियो बाहिर आएपछि राजिनामा दिन बाध्य भएका पूर्वसंचार मन्त्री गोकुल बाँस्कोटाले अख्तियार दुरुपयोग अनुसन्धानको अनुस....

 अख्तियार छल्न बाँस्कोटाको गाली–बेइज्जती मुद्दा !

काठमाडौं, फागुन १६ : घुस मागेको अडियो बाहिर आएपछि राजिनामा दिन बाध्य भएका पूर्वसंचार मन्त्री गोकुल बाँस्कोटाले अख्तियार दुरुपयोग अनुसन्धानको अनुसन्धानबाट बच्न गाली बेइज्जती मुद्दा काठमाडौं जिल्ला अदालतमा हालेको विश्लेषण हुन थालेको छ।

सेक्युरिटी पिन्टिङ प्रेस खरिदमा स्विस कम्पनीका नेपाल एजेन्ट विजयप्रकाश मिश्रसँग ७० करोड घुस मागेको विषयमा तत्काल अनुसन्धान गरेर बाँस्कोटालाई कारबाही गर्न अख्तियारमा उजुरी परेको छ। चौतर्फि दवाव परेपछि उक्त अडियोकाण्डमा अख्तियारले छानविन गर्ने तयारी गरिरहेकै बेला सोही विषयमा बाँस्कोटाले मुद्दा दायर गरेका हुन्। 

कानुनमा अदालतमा विचाराधिन मुद्दा किनारा नलागेसम्म सोही मुद्दामा अख्तियारले थप अर्को मुद्दा चलाउन नपाउने प्रावधान छ । ‘एउटै विषयमा एउटा अदालतमा मुद्दा चलिरहेको छ भने त्यसको किनारा नलागेसम्म अख्तियारले सोही विषयमा अर्को मुद्दा दर्ता गर्न पाउँदैन’ अधिवक्ता केशवराज जोशीले काठमाडौं प्रेससँग भने, ‘आज काठमाडौं जिल्ला अदालतमा दायर भएको पूर्वमन्त्री बाँस्कोटाको मुद्दाले घुस मागेको अडियोकाण्डमा अख्तियारलाई चुप लगाउन दायर गरेको जस्तो देखिन्छ।’

कानुनमा कुनै विषयमा अदालतमा दायर भएको मुद्दाको अन्तिम फैसला नआएसम्म सोही विषयमा अख्तियारले अर्को मुद्दा दर्ता गर्न सक्दैन । बाँस्कोटाले आफु अख्तियारको छानविनबाट बच्न घुसकाण्डमा गाली बेइज्जती मुद्दा दायर गरेको हुन सक्ने जोशीको तर्क छ। ‘विहिबार प्रधानमन्त्रीले पार्टीको आन्तरिक कार्यक्रममा बाँस्कोटा निर्दोश छ भनेर सफाई दिने र आज अदालत गएर बाँस्कोटाले मुद्दा दायर गर्ने भनेको अख्तियारको कारबाही छल्न खोजेको देखिन्छ’ जोशीले भने। 

अदालतमा विचाराधिन भएको मुद्दामा अख्तियारले अभियोजन गर्न सक्दैन। जसले गर्दा बाँस्कोटाको भ्रष्टचार मुद्दामा अनुसन्धान भएपछि अभियोजन नहुने र उनी सांसदबाट निलम्बन हुने बाटो छेकिन्छ । 

कानुन अनुसार जाने हो भने बाँस्कोटाले शुक्रबार दर्ता गरेको मुद्दाको किनारा लागेपछि मात्रै अख्तियारले अडियोकाण्डमा छानविन अघि बढाउन सक्छ । काठमाडौं जिल्ला अदालतमा मुद्दाको चापले सामान्य मुद्दको फैसला पनि तीनदेखि पाँच बर्ष लाग्ने गर्छ। 
 

प्रकाशित मिति: १९:४० बजे, शुक्रबार, फागुन १६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्