Kathmandu Press

नेपालले युएईलाई दियो १६३ रनको लक्ष्य 

जारी खेलमा नेपालका लागि ओपनर व्याट्सम्यानद्वय कुशल भुर्तेलले २९ बलको सामना गर्दै ५० रनको योगदान गर्दा आसिफ शेखले १२ बलमा ७ रन जोडे।
नेपालले युएईलाई दियो १६३ रनको लक्ष्य 

काठमाडौं, कात्तिक १० : त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधि भिडन्तमा नेपालले युएईलाई १ सय ६३ रनको मध्यम लक्ष्य दिएको छ। 

टियु क्रिकेट मौदानमा जारी खेलमा टस जितेर बलिङ रोजेको युएईसामु नेपालले १ सय ६२ रनको योगफल प्रस्तुत गरेको हो। जारी खेलमा नेपालका लागि ओपनर व्याट्सम्यानद्वय कुशल भुर्तेलले २९ बलको सामना गर्दै ५० रनको योगदान गर्दा आसिफ शेखले १२ बलमा ७ रन जोडे।

Hardik ivf

यस्तै १८ बलको सामना गरेका क्याप्टेन रोहित पौडेलले १७ रन, दिपेन्द्र सिंह ऐरिले १५ बल खेल्दा २० रन, सन्दीप जोराले १० बलमा १० रन, गुल्छन झाले८ बलमा ५ रन बनाउँदा क्याच आउट भए। सोमपाल कामीले ८ बलमा १३ रन बनाउँदा करण केसीले अभिजित २३ रनको योगदान गरे। 

सुरु देखि नै कडा फिल्डिङ गरेको युएईका बलर आयान अफ्जल खानले सर्वाधिक ३ विकेट लिए। त्यस्तै,अलि नासिर र जाहोस खानले समान २ र जुनैद सिद्दकीले १ विकेट लिए। हङकङसमेत सहभागी सिरिजमा नेपाल र युएई शीर्ष दुईमा परेसँगै फाइनलमा उपाधिकालागि प्रतिस्पर्धा गरिरहेका छन्। 
 

प्रकाशित मिति: १३:३१ बजे, शुक्रबार, कात्तिक १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्