Kathmandu Press

अंश माग गर्दै प्रदेश १ का मुख्यमन्त्री विरुद्ध मुद्दा दायर

काठमाडौं, फागुन १६ : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसँग अंश दाबी गर्दै बालिका खड्काले मुद्दा दायर गरेकी छन् । 

उनले मुख्य मन्त्....

अंश माग गर्दै प्रदेश १ का मुख्यमन्त्री विरुद्ध मुद्दा दायर

काठमाडौं, फागुन १६ : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसँग अंश दाबी गर्दै बालिका खड्काले मुद्दा दायर गरेकी छन् । 

उनले मुख्य मन्त्री राईसँग अंश दावी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् । ‘प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसँग अंश दिलाइ पाउ भनेर बालिका खड्का राईको नामबाट अंश मुद्दा दर्ता भएको छ’ अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले भने। 

बालिकाले शेरधन आफ्नो श्रीमान भएको भन्दै अंश मुद्दा दायर गरेकी हुन् । उनले शेरधनसँग ०७१ सालदेखि चिनजानसँग भेटघाट भएको बताएकी छन् । उनको मुद्दामा भनिएको छ,‘चिनजान, भेटघाट हुँदा विपक्षीको स्वभाव समेत राम्रो थियो । भेटघाटको शुरुदेखि नै विपक्षी म फिरादीसँग नजिक हुनुहुन्थ्यो । विपक्षी तत्कालीन एमाले वैकल्पिक पोलिटव्युरो सदस्य र संविधान सभाको संसद समेत हुनुहुन्थ्यो।’

आफू तत्कालीन युवा संघको केन्द्रीय सदस्य र महिला युथ फोर्सको केन्द्रीय सचिव हुँदा देखि नै भेटघाट बाक्लिएको उनको दाबी छ । ‘विपक्षी (शेरधन)ले पनि मलाई माया गर्ने र मैले पनि माया गर्ने र एक आपसमा फोनमा कुरा हुने र भेटघाट हुने हुन्थ्यो,’ बालिकाको मुद्दामा भनिएको छ,‘ विपक्षी पनि विवाह नगरी बसेको छ म समेत अविवाहित भएकोले रिलेसनमा बसौ भनी विपक्षीले भन्नुभएको हुँदा विश्वासमा परी विपक्षीसंग प्रेम सम्बन्धमा रहें । प्रेम सम्बन्ध र भेटघाट, उठवस बढ्दै गयो।’

शेरधनले राष्ट्रपतिको भोजमा यौन दुव्र्यवहार गरे

बालिकाले विद्या भण्डारी पहिलो पटक राष्ट्रपतिमा नियुक्ति भएको बेलुकाको भोजमा राईले सार्वजनिक स्थलमै मदिराको सुरमा यौन दुर्व्यवहार गर्न कोशिश गरेको पनि भनेकी छन् । ‘सार्वजनिक स्थलमा यस्तो नगर्नु भनी भन्दा नटेरी अनेक हर्कत गर्नुभयो । तथापि निजलाई रक्सीका तालको कार्यलाई क्षमा दिएँ,’ बालिकाले भनिन्, ‘त्यसको भोलिपल्ट निजसँग भेट भए पश्चात पुनः भेटघाट हुँदा मदिराको सुरमा सार्वजनिक रुपमा मैले गल्ति गरेछु भन्दै क्षमा माग्नुभयो र भन्नुभयो आखिरी हामी लोग्ने स्वास्नी नै हौं भनी फकाउनुभयो ।’

त्यस्तै केपी ओली पहिलोपटक प्रधानमन्त्री भएका बेला राई सूचना तथा सञ्चार मन्त्री थिए । जतिबेला उनले कार्यकक्षमै पटकपटक यौन शोषण गरेको पनि भनेकी छन् । ओली पहिलो पटक प्रधानमन्त्री हुँदा आफू प्रधानमन्त्रीको निजी स्वकीय अधिकृतको रुपमा नियुक्ति पाएको भनेकी छन् ।  उनले त्यतिबेला बसोवास सँगै भएको पनि भनेकी छन् । उनले भनेकी छन्,‘विपक्षी र मबीच शारीरिक सम्पर्क रही विपक्षीसँग बस्दै आउन थालें । तर विवाह दर्ता पनि गरी दिनु भएको थिएन। 

सन्तानको जायजन्म गरौं भन्दा पनि अहिले होइन पछि गरौला भन्दै आउनुभयो । मलाई काठमाडौं बुढानिलकण्ठ न.पा. गल्फुटारमा रहेकको डेरा घरमा २०७२ देखि २०७४ सालसम्म त्यहीँ राख्नुभयो ।’ उनले लिभिङ्ग टुगेदर नराखी परिवार तथा आफन्तसँग राखेर वैवाहिक सम्बन्ध पुष्टी गराउ भनेको तर उनले पटक पटक आज भोलि भन्दै आलटाल गरेको पनि भनेकी छन् । उनले ०७५ कार्तिकसम्म भेटघाट भएको र राई प्रदेश १ को मुख्यमंत्री भएपछि भेट्न नपाएका उनले भनेकी छन् । खड्काले भनिन्,‘विराटनगर जाँदा प्रहरीलाई भेट्न नदिनु भन्नुभएछ र मेरो जागिर तथा पार्टिको जिम्मेवारीबाट समेत निष्कासन गरियो सो उपर मैले पार्टीमा समेत उजुरी गरे। मलाई गल्फुटारको घर डेराबाट पनि निकाला गरियो ।’ उनले आफूहरुबीचको सम्वन्ध पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाललाई पनि थाहा भएको दाबी गरेकी छन्।

प्रकाशित मिति: १८:४८ बजे, शुक्रबार, फागुन १६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्