Kathmandu Press

त्रिकोणात्मक सिरिजको उपाधिका लागि युएईसँग भिड्दै नेपाल

फाइनल खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ।
त्रिकोणात्मक सिरिजको उपाधिका लागि युएईसँग भिड्दै नेपाल

काठमाडौं, कात्तिक १० : त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधिका लागि घरेलु टोली नेपाल र युएईबीच आज फाइनल प्रतिस्पर्धा हुँदैछ ।

फाइनल खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ। यसअघि लिग चरणका सबै खेल मुलपानी क्रिकेट मैदानमा खेलाइएको थियो।

हङकङसमेत सहभागी सिरिजमा नेपाल र युएई शीर्ष दुईमा परेसँगै फाइनलमा उपाधिका लागि भिड्न लागेका हुन्।

डबल राउण्ड रोविनका आधारमा भएको सिरिजमा नेपाल अपराजित रहँदै फाइनल पुगेको हो । यसअघि भएका ४ खेल मध्ये नेपालले युएई र हङकङलाई दुई–दुई खेलमा पराजित गरेको थियो।

युएई र हङकङले समान एक खेल जिते पनि नेट रनरेटको आधारमा युएई दोस्रो भएर फाइनल पुगेको हो।

टी–२० आईमा नेपाल र यूएईबीच हालसम्म कुल ७ खेल भएका छन् । जसमा नेपालले ४ खेल जित्दा यूएईले तीन वटा खेल जितेको छ।

नेपाली टोलीका लागि चिरपरिचित प्रतिस्पर्धी मानिने टोली युएईसँग आज हुने खेल रोचक हुने मानिएको छ। 

प्रकाशित मिति: ०८:४७ बजे, शुक्रबार, कात्तिक १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्