Kathmandu Press

प्रधानमन्त्रीका सल्लाहकार भन्छन्–राष्ट्रियसभा सदस्य मनोनयनको निर्णय पार्टीले गर्ने विषय होइन 

काठमाडौं, फागुन १६ : प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले राष्ट्रियसभा  सदस्यमा एक जनाको मनोनयनको&nb....

प्रधानमन्त्रीका सल्लाहकार भन्छन्–राष्ट्रियसभा सदस्य मनोनयनको निर्णय पार्टीले गर्ने विषय होइन 
फाइल

काठमाडौं, फागुन १६ : प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले राष्ट्रियसभा  सदस्यमा एक जनाको मनोनयनको विषय पार्टीले निर्णय गर्ने विषय नभएको स्पष्ट पारेका छन्।

शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कारमा उनले भने,‘अहिले राष्ट्रियसभा सदस्यका लागि वामदेव गौतमको नाम प्रस्ताव आयो। यो विषय पार्टी आफैँले  निर्णय गर्ने विषय होइन।’ भट्टराईले राष्ट्रियसभा सदस्यका लागि मनोनयनको विषय संविधानले गरेको व्याख्यानुसार पनि सरकार र राष्ट्रपतिबीचको विषय भएको बताए।

उनले राष्ट्रियसभा सदस्य मनोनयनको विषय पार्टीको निर्णय लागु नहुने जिकिर गरे। डा भट्टराईले एक जना व्यक्ति राष्ट्रियसभामा को जाने ? को नजाने ? भन्ने कुराले पार्टी विभाजनमा लगेर जोड्नु राम्रो कुरा नभएको बताए।

उनले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन संविधान संशोधन गर्ने विषय फिर्ता भएकाले अब यसबारेमा चर्चा गर्न जरुरी नभएको स्पष्ट पारे। उनले भने,‘जसले यो विषयको सुरुवात गर्यो सचिवालयले फिर्ता गरिसक्यो।’

फरक प्रसंगमा उनले अमेरिकी सहयोग एमसीसीको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै संसदको रोष्ट्रममा उभिएर बोलिसकेको स्मरण गराए।

‘प्रधानमन्त्रीज्यूले संसदमा भनिसक्नुभएको छ कि मन्त्रिपरिषदबाट निर्णय भएर संसदमा प्रस्तुत भएको छ, सभामुखले यो कार्यसूचमा राख्नेबित्तिकै अनुमोदन हुन्छ,’ उनले भने। 

प्रकाशित मिति: १५:५३ बजे, शुक्रबार, फागुन १६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्