वरिष्ठ उपाध्यक्षमा ढकाल र प्रधान भिड्दै, पूर्वअध्यक्षहरू कतातिर?
काठमाडौं, फागुन १६ : नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि चन्द्रप्रसाद ढकाल र किशोर प्रधान भिड्दै छन्। दुवै जनाको पक्षमा केही पू....

काठमाडौं, फागुन १६ : नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि चन्द्रप्रसाद ढकाल र किशोर प्रधान भिड्दै छन्। दुवै जनाको पक्षमा केही पूर्वअध्यक्षहरू लागेका छन्।
महासंघको चैत २८ र २९ गते काठमाडैंमा ५४औं साधारणसभा हुँदैछ। साधारणसभाले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ। यसका लागि एसोसिएटतर्फका उपाध्यक्ष ढकाल र जिल्ला नगरतर्फका उपाध्यक्ष प्रधानले वरिष्ठ उपाध्यक्षका लागि उम्मेद्वारी घोषणा गरेका छन्। महासंघको वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालमा अध्यक्ष हुने व्यवस्था छ।
वरिष्ठ उपाध्यक्षका लागि ढकाल र प्रधानले उम्मेदवारी घोषणा गरिसकेका छन्। महासंघमा निर्वाचनमा जिल्ला तथा नगर उद्योग वाणिज्य संघको मतभार ५० प्रतिशत, एसोसिएटको मतभार ३० प्रतिशत र वस्तुगतको २० प्रतिशत रहेको छ।
प्रधानलाई वरिष्ठ उपाध्यक्ष गोल्छाको साथ
२०७३ को निर्वाचनमा शेखर गोल्छासँग वरिष्ठ उपाध्यक्षमा प्रधान हारेका थिए। अहिले भने गोल्छाले नै उनलाई साथ दिएका छन्।
उनकै समर्थनमा प्रधानले वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका हुन्। गत निर्वाचनमा हारेपछि प्रधानलाई गोल्छाले एसोसिएटतर्फको उपाध्यक्षमा मनोनीत गरेका थिए। त्यस्तै, प्रधानलाई पूर्वअध्यक्षद्वय पशुपति मुरारका र कुशकुमार जोशीको पनि समर्थन छ।
ढकालको समर्थनमा वैद्य र राणा
वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी घोषणा गरेका ढकाललाई पूर्वअध्यक्षसँगै प्रदेश अध्यक्षहरूले पनि साथ दिएका छन्। उनलाई पाँच वटा प्रदेश अध्यक्षको समर्थन छ।
सुदूरपश्चिम प्रदेशका अध्यक्ष शंकरबहादुर बोगटी, कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाही, गण्डकी प्रदेशका अध्यक्ष सञ्जीवबहादुर कोइराला, प्रदेश ५ का अध्यक्ष गुणनिधि तिवारी र प्रदेश १ का अध्यक्ष नरेन्द्रकुमार खड्काले वरिष्ठ उपाध्यक्षमा ढकाललाई समर्थन गर्ने औपचारिक घोषणा गरिसकेका छन्।
त्यस्तै, पूर्वअध्यक्षद्वय सुरज वैद्य र चण्डीराज ढकालले पनि ढकाललाई साथ दिएका छन्। वर्तमान अध्यक्ष भवानी राणाको पनि ढकाललाई समर्थन रहेको ढकाल समूहको दाबी छ। वर्तमान कार्यसमितिका उपाध्यक्ष उमेशलाल श्रेष्ठले पनि ढकाललाई नै समर्थन गरेका छन्।












-(7)-1765197040.jpg)