एनआईसी एशियाको वाल क्लाइम्बिङ अफर
काठमाडौं, फागुन १६ : एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई लक्षित गर्दै नयाँ अफर ल्याएको छ। बैंकले ठमेलमा रहेको एस्ट्रेक क्लाइम्बिङ वाल प्रालिसँगको सहका....

काठमाडौं, फागुन १६ : एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई लक्षित गर्दै नयाँ अफर ल्याएको छ। बैंकले ठमेलमा रहेको एस्ट्रेक क्लाइम्बिङ वाल प्रालिसँगको सहकार्यमा विशेष छुट अफर ल्याएको हो।
बैंकका प्रमुख सूचना अधिकारी सुधिरनाथ पाण्डेका अनुसार ठमेलमा रहेको एस्ट्रेकको वाल क्लाइम्बिङमा ३० प्रतिशत छुट हुनेछ। त्यस्तै, बैंकका कर्मचारी तथा उनका परिवारलाई ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ।
बैंकले एक वर्षको अवधिका लागि ग्राहक तथा कर्मचारीलाई लक्षित गर्दै नयाँ अफर ल्याएको जनाएको छ। ‘यो समझदारीले यस खेलमा रमाउन चाहनुहुने सबैका लागि लाभदायी हुने बैंकले विश्वास लिएको छ,’ बैंकको विज्ञप्तिमा भनिएको छ, ‘बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गबाट गरिने विद्युतीय भुक्तानीलाई प्रवद्र्धन गर्दै आइरहेकोमा बैंकका ग्राहक महानुभावहरूको अधिकतम लाभका लागि यो योजना ल्याइएको हो।’
समझदारीपत्रमा बैंकको तर्फबाट बैंकको वागमती प्रदेश डिजिटल सेल्स प्रमुख श्याम लामिछाने र कम्पनीका तर्फबाट महाप्रबन्धक कमल घले गुरुङले हस्ताक्षर गरेका छन्।
बैंकले डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवाग्राहीहरूलाई लक्षीत गर्दै बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गका माध्यमहरूबाट विभिन्न सामान तथा सेवा खरिद गर्दा देशभर २,२०० वटा भन्दा बढी मर्चेन्टहरूबाट आकर्षक छुट प्राप्त गर्नसक्ने जनाएको छ। देशभर रहेको विभिन्न ख्यातिप्राप्त अस्पतालहरू, होटल, रिसोर्ट, रेष्टुराँ तथा विभिन्न सेवा तथा सामान विक्री गर्ने स्थानहरूबाट सजिलै प्राप्त हुनेछ।










-1754206481.jpg)
