एसिसी प्रिमियर कप : जापानलाई हराउँदै नेपाल यु-१९ एसिया कपमा
वर्षाले प्रभावित खेलमा नेपालले दिएको १८७ रनको लक्ष्य पछ्याउने क्रममा जापान ४३ रनमा अल आउट भयो।
काठमाडौं, कात्तिक ४ : जापानमाथि १४४ रनको जित हात पार्दै नेपालले यू–१९ एसिया कपमा स्थान बनाएको छ।
वर्षाले प्रभावित खेलमा नेपालले दिएको १८७ रनको लक्ष्य पछ्याउने क्रममा जापान ४३ रनमा अल आउट भयो। फाइनलमा पुगेसँगै नेपाल यु १९ एसियाकपमा छनोट भएको छ।
टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले २५ ओभरमा २ विकेट गुमाएर १४० रन जोडेको थियो। ओपनर दिपकबोहराले ७० बलमा७९ रन जोडेर आउट भए भने क्रिजमाआकाश त्रिपाठी र कप्तान देव खनाल खेलिरहेका थिए।
२५ ओभरपछि वर्षाका कारण खेल लामो समय रोकियो। डिएल मेथडका आधारमा जापानलेजितकालागि २२ ओभरमा १८७ रनको परिमार्जित लक्ष्यपाएको थियो। स्पिनर दिपेश कँडेल र हेमन्तधामीले समानतीनविकेट लिए।
नेपालले अब यूएईसँग फाइनल खेल्ने छ। नेपालको यू १९ टिम विश्वकपमा समेत छनोट भइसकेको छ।
प्रकाशित मिति: १५:२१ बजे, शनिबार, कात्तिक ४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











