त्रिकोणात्मक शृंखला : हङकङलाई हराउँदै नेपाल फाइनलमा
काठमाडौं, कात्तिक ४ : हङकङमाथि ७९ रनको सहज जित हात पार्दै नेपाल यूएईसँग खेल्नु अघि नै त्रिकोणात्मक श्रृंखलाको फाइनलमा पुगेको छ।
कुशलमल्ल र दीपेन्द्र सिंहको कीर्तिमानी साझेदारीसँगै शनिबार मुलपानी क्रिकेट मैदानमा नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन मात्रबनाउन सक्यो।
उसका लागि अंशुमन रथले सर्वाधिक ४५ रन बनाए। नेपालका करण केसी, सोमपालकामी र ललित राजवंशीले समान २/२ विकेट लिए भने दीपेद्र सिंह ऐरी र प्रतिश जिसीले एकएक विकेट लिए।
यसअघि टस जितेर व्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१३ रन बनाएको थियो।
कुशलमल्ल र दीपेन्द्रसिंह ऐरीले कीर्तिमानी १४५ रनको साझेदारी गरे।
टी–२० आईमा पाँचौ विकेटका लागि यो नै उच्च साझेदारी हो। यसअघि न्युजिल्याण्डका मार्क च्यापम्यान र जिमीनिसमले पाकिस्तानविरुद्ध पाँचौ विकेटका लागिअविजित १२१ रनको साझेदारी गरेका थिए।
कीर्तिमानी साझेदारी गर्ने क्रममा ३० बलमा ५० रन पूरा गरेका ऐरी १९औं ओभरको अन्तिम बलमा ५७ रनमा आउट भए। ३४ बलको सामना गरेका उनले दुई छक्का र ६ चौका हानेका थिए।मल्लभने ८ रनले शतकबनाउन चुके।
शतकका लागि उनलाई ८ रन चाहिएको थियो र २ बल बाँकी पनि थियो। तर बाउन्ड्री हान्ने प्रयासमा मा उनी आउट भए। ४१ बलको सामना गरेका उनले ९ वटा छक्का र तीन चौकाको मद्दतमा ९२ रन बनाए।