प्रधानमन्त्री ओलीलाई कांग्रेसको चेतावनी- गोकुल बाँस्कोटाको प्रवक्ता नबन्नुस्
काठमाडौं, फागुन १६ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई ७० करोड घुस काण्डमा अहिले नै फैसला नसुनाउन कांग्रेसले चेतावनी दिएको छ।
बिहीबार प्रधानमन....

काठमाडौं, फागुन १६ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई ७० करोड घुस काण्डमा अहिले नै फैसला नसुनाउन कांग्रेसले चेतावनी दिएको छ।
बिहीबार प्रधानमन्त्री ओलीले बाँस्कोटा निर्दोष रहेको बताएका थिए। ओलीले बाँस्कोटाको प्रतिरक्षा गरेपछि कांग्रेसले बचाउन नगर्न चेतावनी दिएको हो।
शुक्रबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै प्रहरी, वकिल र न्यायाधीशको काम पनि आफैँले नगर्न आग्रह गरेका हुन्। उनले भनेका छन्, ‘पूर्वप्रवक्ताको वर्तमान प्रवक्ता नबनिदिनोस् कृपया! अनुसन्धान प्रहरीले, बहस वकिलले र फैसला न्यायाधीशले गर्ने हो। अरुको कर्म पनि यहाँले नै गरे प्रधानमन्त्रीको भारी बोक्न झनै गाह्रो पर्नेछ।’
उनले अडियो परीक्षण नगरी नबोल्न आग्रह गरेका छन्। शर्माले प्रश्न गरेका छन्, ‘अझ अडियोको प्राविधिक परीक्षणसम्म यहाँले नै?’
सम्माननिय @PM_Nepal लाई `सुझाव पत्र´ !
— Bishwa Prakash शर्मा (@bishwaprakash77) February 28, 2020
पुर्व प्रवक्ताको वर्तमान प्रवक्ता नबनिदिनोस् कृपया !
अनुसन्धान प्रहरीले,बहस वकिलले र फैसला न्यायाधीशले गर्ने हो l अरुको कर्म पनि यहाँले नै गरे प्रधानमन्त्रीको भारी बोक्न झनै गाह्रो पर्नेछ l अझ `अडियो´ को प्राविधिक परिक्षणसम्म यहाँले नै ??











