प्रचण्ड निवासमा नेकपा शीर्ष नेताहरूको विशेष छलफल
काठमाडौं, फागुन १६ : प्रधानमन्त्री केपी शर्मा ओली बाहेकका नेकपा शीर्ष नेताहरूले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा छलफल गरेक....

काठमाडौं, फागुन १६ : प्रधानमन्त्री केपी शर्मा ओली बाहेकका नेकपा शीर्ष नेताहरूले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा छलफल गरेका छन्।
शुक्रबार बिहानै खुमलटार पुगेका शीर्ष नेताहरूले विशेष छलफल गरेका हुन् । उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा लैजान÷नलैजाने विषयमा विवाद भइरहेका वेला ओलीबाहेकका नेताहरूले छलफल गरेको खुमलटार स्रोतले जनाएको छ।
छलफलका लागि नेकपा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ बिहानै खुमलटार पुगेका थिए। उनीहरूबीच डेढ घन्टादेखि छलफल चलिरहेको जनाएको छ।
बुधबार बसेको नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनयन गर्ने निर्णय गरेको थियो। तर, प्रधानमन्त्री ओलीले अर्थमन्त्री डा.युवराज खतिवडालाई निरन्तरता दिने अडान राखेका छन्। यहि विषयले नेकपाभित्र विवाद भइरहेको छ।
नेकपाभित्रको यहि विवादको विषयलाई लिएर नेताहरू छलफलमा जुटेको जनाएको छ।











