Kathmandu Press

कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमण विरुद्धको लडाइँ ‘अब निर्णायक चरणमा’

काठमाडौं, फागुन १६ : चीनबाट सुरु भएको नयाँ कोरोनाभाइरसको सङ्क्रमण अन्य देशहरूमा फैलन थालेपछि विश्व स्वास्थ्य संगठन (डब्लु एच ओ) का प्रमुखले उक्त सङ्क्....

कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमण विरुद्धको लडाइँ ‘अब निर्णायक चरणमा’

काठमाडौं, फागुन १६ : चीनबाट सुरु भएको नयाँ कोरोनाभाइरसको सङ्क्रमण अन्य देशहरूमा फैलन थालेपछि विश्व स्वास्थ्य संगठन (डब्लु एच ओ) का प्रमुखले उक्त सङ्क्रमणविरुद्धको लडाइँ अब निर्णायक चरणमा पुगेको बताएका छन्।

चीन बाहिर फैलिएको सङ्क्रमणलाई महानिर्देशक टेड्रस एड्हानोम गेहब्रेयससले सबभन्दा धेरै चिन्ताको विषय भनेका छन्। कुनै पनि देशले आफ्नो देशमा यो भाइरस पस्न नसक्ने भनेर बस्न नमिल्ने उनले बताए । इरान, इटली र दक्षिण कोरियामा देखिएको प्रकोपले उक्त भाइरसले के गर्न सक्छ भनेर देखाएको उनले बताए। तर ‘उचित उपाय’ अपनाए त्यसको प्रकोपलाई नियन्त्रण गर्न पनि सकिने देखिएको उनले बताए ।

आ–आफ्ना देशमा पहिलो सङ्क्रमण देखिएका देशहरूले डटेर यसको सङ्क्रमण नियन्त्रण गर्न लागिपर्न उनले आह्वान गरे ताकि त्यो नफैलियोस्। चीनबाहेक हालसम्म ४४ देशमा कोरोनाभाइरसको सङ्क्रमण देखा परेको छ। विश्वभरि कुल ८० हजारभन्दा धेरै मानिस यसबाट सङ्क्रमित भएका छन्। जापान र चीनबाट प्राप्त केही विवरणहरूमा थोरै सङ्ख्याका सङ्क्रमित मानिसहरू निको भइसकेको केही सातापछि पुनस्सङ्क्रमित भएको उल्लेख छ।

प्रकाशित मिति: ०८:४२ बजे, शुक्रबार, फागुन १६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्