Kathmandu Press

साउदीलाई ३ सय १ रनले हराउँदै नेपाल सेमिफाइनलमा

साउदीलाई ३ सय १ रनले हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं, कात्तिक २ : मलेसियामा भइरहेको एसिसी यू–१९ प्रिमियर कपमा नेपालले साउदी अरबलाई ३०१ रनको फराकिलो अन्तरले पराजित गरेको छ।

योजितसँगै नेपालले सेमिफाइनलमा स्थान बनाएको छ। नेपाल समूह ‘ए’ मा ३ खेलमा अपराजित रहँदै शीर्षस्थान कायम राख्दै सेमिफाइनलमा पुगेको हो। अब नेपालले सेमिफाइनलमा समूह ‘डी’को विजेतासँग खेल्नुपर्नेछ। ३४८ रनको विशाल लक्ष्य पछ्याएको साउदी अरब १९.१ ओभरमा ४६ रन बनाएर अलआउट भएपछि नेपालले फराकिलो जित हात पारेको हो। 

Hardik ivf

जितको लागि ३ सय ४८ रनको विशाल विजयी लक्ष्य पछ्याएको साउदी अरेविया १९.१ ओभरमा ४६ रनमा अल आउट भयो । साउदीका बरुण मुदालियरले २५ बलमा सर्वाधिक ११ रन बनाए।

मोहम्मद अहमद ९ रनमा नट आउट रहे। अब्दूल्लाह शिराजले २६ बलमा ९ रन बनाए । साउदीका १० ब्याटरले नेपालको बलिङ सामु दोहोरो अंकमा रन बनाउन सकेनन्। साउदीका मोहम्म अहमद राजा र मोहम्मद घयोर अहमदले दुई–दुई, जुहेयर मोहम्मद, अब्दुल्लाहा शिराज र शजीब मुजीबुर रहमानले एकरएक विकेट लिए ।

साउदीलाई सस्तैमा समेट्ने क्रममा नेपालका दिपेश कँडेलले ६, आकाश चन्दले २ र सुवास भण्डारीले एक विकेट लिए। यसअघि मलेसियाको युएसडी–युकेएम ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ८ विकेट गुमाएर ३४७ रनको विशाल योगफल बनाएको थियो। नेपालका लागि अर्जुन कुमालले शतकीय पारी खेले। उनी १४२ रनबनाएर आउट भए। अर्का ब्याटर आकाश त्रिपाठीले ८९ रनको महत्वपूर्ण योगदान गरे भने ओपनिङमा आएका दीपक बोहोरा २९ रन बनाए।

चौथो नम्बरमा आएका कप्तान देव खनाले भने शून्य रनमै आउट भए। त्यसपछि आएका दीपकप्रकाश डुम्रेले १४ रनमा आउट भए। मिलन बोहरा ९ रन र दीपेश कंडेलले १४ रन बनाए। विशालविक्रम केसी २४ रनमा अविजित रहे।

प्रकाशित मिति: १३:१५ बजे, बिहीबार, कात्तिक २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्