हङकङविरुद्ध बलिङ गर्दै नेपाल, करण र सोमपाल चम्किँदा नेपाल हावी
नेपालका लागि करण केसीले ३ तथा सोमपाल कामीले १ विकेट लिए। करणले ओपनरद्वय निजकान्त खान, अंशुमन रथ तथा बाबर हायतको विकेट लिए। यता, सोमपालले मार्टिन कोट्जेलाई बोल्ड गरे।
काठमाडाैं, कात्तिक २ : त्रिकोणात्मक टि–२० सिरिजको खेलमा अहिले नेपालले मुलपानी क्रिकेट मैदानमा हङकङसँग खेलिरहेको छ। जारी खेलमा टस जितेर नेपालले बलिङ गरिरहेको छ।
नेपालका दुई स्टार बलरहरु करण केसी र सोमपाल कामीले विकेट लिए पछि हङकङविरुद्ध नेपाल हावी भएको छ। ताज अवस्थामा हङकङ ५ ओभरको १५ रन बनाउँदा ४ विकेट गुमाएको छ।
नेपालका लागि करण केसीले ३ तथा सोमपाल कामीले १ विकेट लिए। करणले ओपनरद्वय निजकान्त खान, अंशुमन रथ तथा बाबर हायतको विकेट लिए। यता, सोमपालले मार्टिन कोट्जेलाई बोल्ड गरे।
नेपालले हङकङविरुद्ध युएईविरुद्ध खेलेकै टिमलाई निरन्तरता दिएको छ। उद्घाटन खेलमा नेपालले युएईलाई ७ विकेटले हराएको थियो।
प्रकाशित मिति: ११:३१ बजे, बिहीबार, कात्तिक २, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार