अर्जुन कुमालको शतकमा नेपालले दियो साउदीलाई ३४८ रनको विशाल लक्ष्य
ओपनर अर्जुन कुमालले शानदार शतक प्रहार गरेपछि मलेसियाको युगसडी युकेएम ओभलमा पहिला ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा ३४७ रन बनायो।
काठमाडौं, कात्तिक २ : मलेसियामा जरी एसिसी यू–१९ प्रिमियर कपको समूहको अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई ३४८ रनको विशाल लक्ष्य दिएको छ।
ओपनर अर्जुन कुमालले शानदार शतक प्रहार गरेपछि मलेसियाको युगसडी युकेएम ओभलमा पहिला ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा ३४७ रन बनायो। नेपालका लागि कुमालले १११ बलमा १७ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक १४२ रन बनाए।
यस्तै, आकाश त्रिपाठीले ९८ बलमा ६ चौका र २ छक्का मद्दतमा ८९ रन बनाउँदा दीपक बोहराले ३७ बलमा २९, विशालविक्रम केसीले १८ बलमा २४ रनको योगदान दिए।
साउदीका मुहम्मद अहमद राजा र मुहम्मद घायोर अहमदले समान २ विकेट लिए।
प्रकाशित मिति: ११:१५ बजे, बिहीबार, कात्तिक २, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











