त्रिकोणात्मक टी–२० श्रृखला : नेपाललाई यूएईद्वारा १४१ रनको लक्ष्य
मुलपानी क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङको जिम्मा पाएको यूएईले, निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४० रन जोडेको हो । यूएईका लागि बासिल हमिदले सर्वाधिक ५१ रन बनाए। यस्तै अली नासिरले पनि ३२ रन जोडे ।
काठमाडौं, कात्तिक १ : त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय श्रृखलाअन्तर्गत यूएईले नेपाललाई १४१ रनको लक्ष्य दिएको छ।
मुलपानी क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङको जिम्मा पाएको यूएईले, निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४० रन जोडेको हो । यूएईका लागि बासिल हमिदले सर्वाधिक ५१ रन बनाए। यस्तै अली नासिरले पनि ३२ रन जोडे ।
५२ रनमा ४ विकेट गुमाएको अवस्थामा उनीहरुले अर्धशतकीय साझेदारी गरेका हुन्। नेपालका करन केसीले ३, गुल्सन झाले २ तथा अविनाश बोहरा र सोमपाल कामीले समान एक विकेट हात पारे।
विश्वकप छनोटका तयारीका लागि नेपालले यो प्रतियोगिता आयोजना गरेको हो। नेपालले हङकङसँग पनि प्रतिस्पर्धा गर्ने छ।
प्रकाशित मिति: १५:१८ बजे, बुधबार, कात्तिक १, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार