Kathmandu Press

त्रिकोणात्मक सिरिजको उद्घाटन खेलमा युएईसँग खेल्दै नेपाल

मुलपानी क्रिकेट मैदानमा हुने सिरिजको उद्घाटन खेलमा नेपालले चिरिपरिचित प्रतिद्वन्द्वी युएईको सामाना गर्दैछ।
त्रिकोणात्मक सिरिजको उद्घाटन खेलमा युएईसँग खेल्दै नेपाल

काठमाडाैं, कात्तिक १ : टि–२० विश्वकप छनोटको तयारीका लागि आयोजना गरिएको त्रिकोणात्मक टि–२० सिरिज आजबाट सुरु हुँदैछ। सिरिजमा नेपाल, युएई र हङकङ सहभागी छन्।

मुलपानी क्रिकेट मैदानमा हुने सिरिजको उद्घाटन खेलमा नेपालले चिरिपरिचित प्रतिद्वन्द्वी युएईको सामाना गर्दैछ। खेल दिउँसो १ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुनेछ।

डबल राउन्ड रोबिन लिगका आधारमा हुने सिरिजका लिग चरण मुलपानी र फाइलन कीर्तिपुरस्थित टियू मैदानमा आयोजना हुनेछ।

सिरिजअघि नेपाली टिमले राजस्थानमा १ साता प्रशिक्षण गरेको थियो। त्यसैले तयारी राम्रो भएकाले सिरिजमा राम्रो सुरुवात गर्ने लक्ष्यसहित नेपाली टिम मैदान उत्रने छ।

नेपाली टिमका कप्तान रोहित पौडेलले पनि तयारी राम्रो भएकाले राम्रो नतिजा आउने विश्वास व्यक्त गरेका छन्। पछिल्लो केही महिनायता लागतार क्रिकेट खेलिरहेको र राम्रो लयमा रहेकाले नेपाली टिमबाट राम्रो अपेक्षा गर्न सकिन्छ।

यूएईका कप्तान मोहम्मद वासिमले पछिल्लो समय राम्रो क्रिकेट खेलिरहेको नेपाल र हङकङलाई पराजित गर्दै सिरिज उपाधि जित्ने लक्ष्य राखेको उल्लेख गरे।

सिरिजका लागि नेपालले रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिम घोषणा गरेको छ। व्यक्तिगत कारणले सन्दीप लामिछाने सिरिजका लागि उपलब्धन नहुँदा टिममा ललित राजवंशी, लोकेश बम र सूर्य तामाङले पुनरामगन गरेका छन्।

प्रकाशित मिति: ०९:४८ बजे, बुधबार, कात्तिक १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्