Kathmandu Press

दक्षिण अफ्रिकामाथि नेदरल्यान्ड्सको सनसनीपूर्ण जित

वर्षाका कारण ४३ ओभरमा छोट्याइएको खेलमा नेदरल्यान्ड्सले दिएको २४६ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४२।५ ओभरमा २०७ रनमै अलआउट भयो। उसका लागि डेविड मिलरले सर्वाधिक ४३ रन बनाए। उलने ५२ बलमा ४ चौका र १ छक्का प्रहार गरे।
दक्षिण अफ्रिकामाथि नेदरल्यान्ड्सको सनसनीपूर्ण जित

काठमाडौं , कात्तिक १ : भारतमा जारी एकदिवसीय क्रिकेटमा नेदरल्यान्ड्सले सनसनीपूर्ण जित निकालेको छ। मंगलबार धर्मशालामा सनसनीपूर्ण जित निकाल्ने क्रममा नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई ३८ रनले हरायो।

वर्षाका कारण ४३ ओभरमा छोट्याइएको खेलमा नेदरल्यान्ड्सले दिएको २४६ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४२।५ ओभरमा २०७ रनमै अलआउट भयो। उसका लागि डेविड मिलरले सर्वाधिक ४३ रन बनाए। उलने ५२ बलमा ४ चौका र १ छक्का प्रहार गरे।

यस्तै, केशव महाराजले ३७ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ४० रन बनाउँदा हेनरिच क्लासनले २८, गेरार्ड कोट्जेले २२ र क्वेन्टन डिककले २० रनको योगदान दिए। 

Hardik ivf

दक्षिण अफ्रिकालाई सस्तैमा समेट्ने क्रममा नेदरल्यान्ड्सका लोगन भान विकले ३ तथा पाउल भान मिकेरेन, रोइलोफ भान डेर मर्वी र बास डे लिडले समान २ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै २४५ रन बनायो। उसको सुरुआत पनि राम्रो हुन सकेन। उसको माथिल्लो क्रमका ब्याट्सम्यान सस्तैमा पभेलियन फर्किएपछि ऊ ११२९६को खराब अवस्थामा पुगेको थियो।

तर, कप्तान स्कट इडवार्डस्सहित तल्लो क्रमका ब्याट्म्यानले विस्फोटक इनिङ खेलेपछि नेदरल्यान्ड्सले ठूलो योगफल बनायो। इडवार्डस्ले ६९ बलमा १० चौका १ छक्का प्रहार गदैै सर्वाधिक ७८ रन बनाए।

यस्तै, भान डेर मर्वीले १९ बमला ३ चौका १ छक्का मद्दतमा २९ रन बनाउँदा आर्यन दत्तले ९ बलमा ३ छक्का प्रहार गर्दै २३ रन बनाए। नवौं विकेटका लागि दत्त र इडवार्डस्ले १९ बलमा ४१ रनको साझेदारी गरेका थिए।

दक्षिण अफ्रिकाका लागि लुंगी एनगिडी, मार्को यान्सन र कागिसो रबाडाले समान २ विकेट लिए।

जारी प्रतियोगितामा दक्षिण अफ्रिकाको यो पहिलो हार हो भने नेदरल्यान्ड्सको पहिलो जित हो। ३ खेलमा ४ अंक जोडेको दक्षिण अफ्रिका अंक तालिकामा तेस्रो स्थानमा छ भने २ अंकसहित नेदरल्यान्ड्स नवौं स्थानमा छ। प्रतियोगितामा भारत र न्युजिल्यान्डमात्र अपराजित छन्। दुवैले समान ३ खेल जितेका छन्।

प्रकाशित मिति: ०७:४५ बजे, बुधबार, कात्तिक १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्