Kathmandu Press

सन्दीपसँग छलफलमै छौँ, फर्कने सम्भावना छ : पारस

‘सन्दीपको व्यक्तिगत अवस्थाको बारेमा धेरै बताउनु पर्छ जस्तो लाग्दैछ। परिवारसँग समय बिताउने निर्णय गरेसँगै हामीले त्यसलाई टार्न सकेनौँ,’ उनले भने।
सन्दीपसँग छलफलमै छौँ, फर्कने सम्भावना छ : पारस

काठमाडौं, असाेज ३० : नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले, राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने खेलमा फर्किने सम्भावना रहेको बताएका छन्।

घरेलु मैदानमा भोलि बुधबारदेखि सुरु हुने हङकङ र संयुक्त अरब इमिरेन्ट्स (युएई) सम्मिलित त्रिकोणात्मक सिरिजको ट्रफी सार्वजनिक कार्यक्रममा सचिव खड्काले, सन्दीपको केसमा निरन्तर छलफलमा रहेको बताए।

‘सन्दीपको व्यक्तिगत अवस्थाको बारेमा धेरै बताउनु पर्छ जस्तो लाग्दैछ। परिवारसँग समय बिताउने निर्णय गरेसँगै हामीले त्यसलाई टार्न सकेनौँ,’ उनले भने। यो सिरिजपछि सन्दीप टोलीमा फर्कने सम्भावना रहेको पारसले बताए।

सन्दीपले शुक्रबार सामाजिक सञ्जालमार्फत आगामी प्रतियोगिता नखेल्ने भन्दै नाम फिर्ता लिएको बताएका थिए।

नेपालले बुधबारदेखि युएई र हङकङसँग त्रिकोणात्मक सिरिज खेल्दैछ। सिरिजपछि नेपालले घरेलु मैदानमा नै आइसिसी टि–२० विश्वकप छनोट खेल्नेछ। सन्दीपले भने यो सिरिजमा हुने छैनन्।

 

प्रकाशित मिति: १९:३२ बजे, मंगलबार, असोज ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्