मनिष डाँगीको गोलमा लाओसविरुद्ध नेपाललाई अग्रता
न्यु लाओस इन्टरनेशनल स्टेडियममा जारी खेलमा नेपालले घरेलु टोलीविरुद्ध ५३औं मिनेटमा अग्रता लियो। नेपाललाई मनिष डाँगीले अग्रता दिलाए। उनले अञ्जन विष्टको पासमा उत्कृष्ट गोल गरे।
काठमाडाैं, असाेज ३० : सन् २०२६ मा हुने फिफा विश्वकप छनोट प्रारम्भिक छनाेटको दोस्रो लेगमा नेपालले लाओसविरुद्ध अग्रता सुरुआती अग्रता लिएको छ।
न्यु लाओस इन्टरनेशनल स्टेडियममा जारी खेलमा नेपालले घरेलु टोलीविरुद्ध ५३औं मिनेटमा अग्रता लियो। नेपाललाई मनिष डाँगीले अग्रता दिलाए। उनले अञ्जन विष्टको पासमा उत्कृष्ट गोल गरे।
पहिलो हाफमा दुवै टिमले गोलका अवसर सिर्जना गरेपनि फिनिसिङ गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
आजको खेल जित्ने टिम विश्वकपको दोस्रो चरणको छनोटमा पुग्ने छ। यसअघि गत बिहीबार घरेलु मैदानमा १–१ गोलको बराबरी खेलेका थिए।
प्रकाशित मिति: १९:१५ बजे, मंगलबार, असोज ३०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार