पहिलो हाफमा नेपाल र लाओसले खेले गोलरहित बराबरी
लाओसको न्यु लाओस इन्टरनेशनल स्टेडियममा जारी खेलमा दुवै टिमले गोल अवसर सिर्जना गरेपछि फिनिसिङ गर्न नसक्दा गोलरहित बराबरी खेले।
काठमाडौं, असोज ३० : विश्वकपको प्रारम्भिक चरण छनोटको दोस्रो लेगमा नेपालले लाओससँग पहिलो हाफमा गोलरहित बराबरी खेलेको छ।
लाओसको न्यु लाओस इन्टरनेशनल स्टेडियममा जारी खेलमा दुवै टिमले गोल अवसर सिर्जना गरेपछि फिनिसिङ गर्न नसक्दा गोलरहित बराबरी खेले।
आजको खेल जित्ने टिम विश्वकपको दोस्रो चरणको छनोटमा पुग्ने छ। यसअघि गत बिहीबार घरेलु मैदानमा १–१ गोलको बराबरी खेलेका थिए।
प्रकाशित मिति: १९:०० बजे, मंगलबार, असोज ३०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार