त्रिकोणात्मक टि–२० सिरिज बुधबारबाट
प्रिम्याच कन्फ्रेन्समा नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले राम्रो तयारी गरिरहेकाले नजिता पनि राम्रो आउने विश्वास व्यक्त गरे। रोहितले सन्दीप लामिछानेको अनुपस्थितले टिममा असर पर्नु स्वभाविक रहेको बताए।काठमाडौं, असोज ३० : नेपालसहित हङकङ र युएई सम्मिलित त्रिकोणात्मक टि–२० सिरिज बुधबारबाट काठमाडौंमा सुरु हुँदैछ। सिरिजमा नेपाल, हङकङ र युएई सहभागी हुनेछन्।
काठमाडौंको मुलपानीमा हुने त्रिकोणात्मक क्रिकेट सिरिजका सम्पूर्ण तयारी सम्पन्न गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। टि–२० विश्वकप छनोटको तयारी स्वरुप नेपालले त्रिकोणात्मक सिरिजको आयोजना गरेको हो।
पहिलो खेलमा नेपालले यूएईसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। प्रिम्याच कन्फ्रेन्समा नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले राम्रो तयारी गरिरहेकाले नजिता पनि राम्रो आउने विश्वास व्यक्त गरे। रोहितले सन्दीप लामिछानेको अनुपस्थितले टिममा असर पर्नु स्वभाविक रहेको बताए।
मुद्दाको झमेलाका कारण मानसिक दबाबमा रहेको भन्दै सन्दीपले टिमबाट नाम फिर्ता लिएका थिए।
त्यस्तै क्यानका सचिव पारस खड्काले मुलपानी क्रिकेट मैदान त्रिकोणात्मक क्रिकेट सिरिज हुनु नेपाली क्रिकेटमा राम्रो सुरुवात भएको बताए। उनले सन्दीपसँग निरन्तर छलफलमा रहेको र परिवारसँग समय बिताउने सन्दीपको इच्छा नकार्न नसकिएको उल्लेख गरे।
क्रिकेट संघमा आफुले पाएको जिम्मेवारी बहन गर्न आफू गम्भीर हुने पनि उनले बताए।
प्रतियोगिताका समूह चरणका खेल मुलपानी क्रिकेट मैदानमा हुने छ भने फाइलन कात्तिक १० गते कीर्तिपुरस्थित टियू मैदानमा हुनेछ। क्यानले सोमबार नै रोहित पौडेलको कप्तानीमा १८ टिम घोषणा गरेको छ।