Kathmandu Press

नेकपा प्रमुख सचेतक भन्छन्- कुनै पात्रलाई प्रधानमन्त्री बनाउन संविधान संशोधन हुँदैन

काठमाडौं, फागुन १५ : सत्तासीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देवप्रसाद गुरुङले केही पात्रलाई प्रधानमन्त्री बनाउनकै लागि संविधान संशोध....

नेकपा प्रमुख सचेतक भन्छन्- कुनै पात्रलाई प्रधानमन्त्री बनाउन संविधान संशोधन हुँदैन

काठमाडौं, फागुन १५ : सत्तासीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देवप्रसाद गुरुङले केही पात्रलाई प्रधानमन्त्री बनाउनकै लागि संविधान संशोधन नहुने बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सचेतक गुरुङले बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने बाटो खोल्न संविधान संशोधन गर्ने भन्ने विषय हल्लामात्रै भएको बताएका हुन्। 

‘सचिवालयको हवाला दिँदै कुनै पात्रलार्ई केन्द्रविन्दु बनाउँदै समाचार आएको छ, जुन कुरा सत्य होइन,’ उनले भने।

संविधान सम्झौताको दस्तावेज भएको उल्लेख गर्दै नेता गुरुङले राष्ट्रिय सहमति जुटेको खण्डमा संशोधन गर्न सकिने तर सहमति नभए संशोधन नै गर्न नसकिने बताए।
 

प्रकाशित मिति: १७:४६ बजे, बिहीबार, फागुन १५, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्