पेट्रोल, डिजेल र हवाइ इन्धनमा अब १० रुपैयाँ पूर्वाधार विकास कर लिइने
काठमाडौं, फागुन १५ : सरकारले पेट्रोल, डिजेल र हवाइ इन्धनमा लिँदै आएको पूर्वाधार विकास कर बढाएको छ।
फागुन १२ मा बसेको मन्त्रिपरिषद बैठकक....

काठमाडौं, फागुन १५ : सरकारले पेट्रोल, डिजेल र हवाइ इन्धनमा लिँदै आएको पूर्वाधार विकास कर बढाएको छ।
फागुन १२ मा बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले पेट्रोल, डिजेल र हवाइ इन्धनमा लिँदै आएको पूर्वाधार विकास कर पाँच रुपैयाँले बढाइएको जानकारी दिए।
उनका अनुसार अब पेट्रोल, डिजेल र हवाइ इन्धनमा १० रुपैयाँ पूर्वाधार विकास कर लिइनेछ। यसअघि पूर्वाधार कर पाँच रुपैयाँ उठाउँदै आइएको थियो।
यसअघि सरकारले बूढीगण्डकी जलविद्युत आयोजना आफैँले निर्माण गर्ने भन्दै पेट्रोल, डिजेल र हवाइ इन्धनमा पाँच रुपैयाँ पूर्वाधार विकास कर लिन सुरु गरेको थियो। त्यसबाट राज्यकोषमा ४१ अर्बभन्दा बढी रुपैयाँ जम्मा भइसकेको छ।
पहिलो पटक केपी शर्मा ओली प्रधानमन्त्री हुँदा त्यतिबेलाका अर्थमन्त्री विष्णु पौडेलले बजेटमा पूर्वाधार विकास कर लिने व्यवस्था गरेका थिए।











