Kathmandu Press

विश्वकप छनोटमा लाओससँग खेल्दै नेपाल

खेल लाओसको भिएनतिएनेस्थित न्यु लाओस नेशनल स्टेडियममा नेपाली समय अनुसार बेलुका पौने ६ बजे सुरु हुनेछ।
विश्वकप छनोटमा लाओससँग खेल्दै नेपाल

काठमाडौं, असाेज ३० : फिफा विश्वकपको प्रारम्भिक छनोटमा नेपालले आज नेपालले घरेलु टोली लाओससँग खेल्दैछ। गत साता दशरथ रंगशालामा लाओससँग बराबरीमा रोकिएका लागि अघिल्लो चरण पुग्न नेपाललाई आज जित निकाल्नै पर्ने हुन्छ।

खेल लाओसको भिएनतिएनेस्थित न्यु लाओस नेशनल स्टेडियममा नेपाली समय अनुसार बेलुका पौने ६ बजे सुरु हुनेछ। बिहीबार काठमाडौंमा भएको पहिलो लेगको खेलमा नेपालले लाओससँग १–१ को बराबरी खेलेको थियो।

आज लाओसविरुद्ध नेपाल आक्रमण रणनीतिसाथ मैदान उत्रने नेपाली मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले बताएका छन्। प्रिम्याच कन्फ्रेन्समा उनले पहिलो खेल खराब खेलेको बताउँदै आजको खेल महत्वपूर्ण भएकाले आक्रमण रणनीति अपनाउने उल्लेख गरे।

‘पहिलो लेगको खेल खराब रह्यो । यसबाट पाठ सिक्दै अब खेल्नुपर्नेछ। यो खेल नेपाल र मेरा लागि निकै महत्त्वपूर्ण छ । हामीलाई अगाडि बढ्ने हो भने यो खेल जित्न आवश्यक छ । यो गाह्रो छ, तर हामी तयार छौं,’ प्रिम्याच कन्फ्रेन्समा उनले भने, ‘नेपालले आक्रामक फुटबल खेल्नेछ । म लाओस टिमको सम्मान गर्छु र हामी राम्रो नतिजाका लागि सकारात्मक हुनुपर्छ।’

कप्तान किरण चेम्ङजोङले् नेपाली समर्थशकलाई दसैंको उपहारका रुपमा जित दिन चाहेको बताए। उनले पहिलो खेलमा भएको गल्ती सुधार गर्दै मैदान उत्रने र सुखद् नतिजा निकाल्ने उल्लेख गरे।

लाओस पनि घरेलु मैदानमा जित निकाल्दै छनोट दोस्रो चरण पुग्ने प्रयासमा रहेकाले खेल निकै रोमाञ्चक हुने अपेक्षा गर्न सकिन्छ।

दोस्रो लेगको खेलमा विजयी हुने टिम विश्वकप एसिया छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछ। जहाँ कूल ३६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । उनीहरुलाई ४–४ टोली रहने गरी ९ समूहमा विभाजन गरिनेछ।

नेपाल र लाओसबीचको विजेता दोस्रो चरणमा युएई र बहराइन रहेको समूह ‘एच’मा पर्नेछ।

 

प्रकाशित मिति: १०:५६ बजे, मंगलबार, असोज ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्