पुस्तकमा लगाइएको कर हट्दैन : सरकार
काठमाडौं, फागुन १५ : सरकारले पुस्तक आयातमा लगाइएको कर हटाउन नसकिने स्पष्ट पारेको छ।
बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनि....

काठमाडौं, फागुन १५ : सरकारले पुस्तक आयातमा लगाइएको कर हटाउन नसकिने स्पष्ट पारेको छ।
बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले पुस्तक आयातमा लगाइएको कर हटाउन नसकिने बताएका हुन्।
सरकारले विदेशी पुस्तक आयात गर्दा अंकित मूल्यको १० प्रतिशत कर उठाउन सुरु गरेको छ। जसको चाैतर्फी विरोध पनि भइरहेको छ।
उनले पुस्तक आयातमा कर लगाउने विषय संसदबाटै पारित भएकाले हटाउन नसकिने बताए। अर्थमन्त्रीसमेत रहेका खतिवडाले ज्ञानमा नभई पुस्तकको व्यापारमा कर लगाइएको पनि स्पष्ट पारे।
‘ज्ञानमा नभई पुस्तकको व्यापारमा कर लगाइएको हो। ज्ञानमा व्यापार हुँदैन ज्ञान आदानप्रदान हुन्छ। त्यो ज्ञानको व्यापार होइन पुस्तकै व्यापार हो,’ उनले भने,‘पुस्तकको व्यापार गर्दा नाफा हुन्छ, नाफा भएपछि सरकारलाई कर तिनुपर्छ।’
सरकारले विदेशबाट आयात हुने पुस्तकका चर्को कर लगाएर पठन संस्कृतिमा लगाम लगाउन खोजेको भन्दै चौतर्फी आलोचना भइरहेको छ। यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठनहरुले पुस्तकमा कर लगाइएको भन्दै विरोध जनाउँदै आएका थिए।
बुधबारमात्रै माइतीघरमा आयोजित विरोध सभामा कांग्रेसका नेताहरु प्रदिप गिरी, गगन थापा लगायतले पुस्तकमा लगाइएको कर फिर्ता लिन सरकारलाई आग्रह गरेका थिए।











